धर्म संस्कृत/पर्यटन

आज वशन्त उत्सव अर्थात् फागु पूर्णिमा

चैत ११, काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। यस पर्वका अवसरमा आज […]

पूरा पढ्नुहोस्

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले करोडौं लगानी गरेको रिपब्लिकन सांसद ब्रायन मास्टकाे दाबी

चैत १०, काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम […]

पूरा पढ्नुहोस्

विद्यालय तहमा संस्कृत शिक्षाकाे पठनपाठन पुनः सुरु

बुटवल ।  बुटवलको कान्ति माध्यमिक बिद्यालयमा नयाँ शैक्षिकसत्र देखि संस्कृत विषयको समेत पढाइ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको शिक्षा समितिले कान्ति मा.वि.मा संस्कृत विषयको पाठ्यक्रम राख्न दिने निर्णय गरेपछि पढाइ हुने भएको हो । कान्ति मा.वि.का प्र अ गोविन्द ज्ञवालीका अनुसार ६ देखि ८ कक्षा सम्म उक्त बिषयको पढाइ हुने छ । यसैगरी प्र […]

पूरा पढ्नुहोस्

काठमाडौंमा तीन दिन संस्कृत सम्मेलन हुने

काठमाडौं- काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । आगामी चैत १४ देखी १६ गतेसम्म सो सम्मेलन हुनेछ । सम्मेलन बुढानिलकण्ठमा हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका बिज्ञ, जानकारहरू उपस्थिति रहने छ । नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र बौद्धिक बिकासको बिशिष्ट अध्ययन […]

पूरा पढ्नुहोस्

हनुमानढोकामा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौंको हनुमानढोका बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइएको छ । बसन्तपुरमा चीर ठड्याए पछि काठमाडौं लगायत देशैभरी र‌ङ्गहरुको पर्व होली सुरु भएको मानिन्छ। फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर […]

पूरा पढ्नुहोस्

निःशुल्क उपचारका लागि पशुपतिनाथमा चैत १ गतेदेखि महायज्ञ हुँदै

फागुन २८, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ संयोजक डा. निकोलस भुसालका अनुसार आज पाशुपत क्षेत्रमा आयोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ […]

पूरा पढ्नुहोस्

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा जुम्ला चन्दननाथ मा.वि. मा सम्पन्न

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा जुम्ला चन्दननाथ मा.वि. मा सम्पन्न भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी नै आदर्श नागरिक” भन्ने मूल उद्घोषलाई आत्मसाथ गर्दै हिन्दू स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी_विवेकानन्द_संस्कृति_ज्ञान_परीक्षा – २०८० जुम्ला जिल्लाको चन्दननाथ मा.वि.मा फाल्गुन २७ गते विधार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको […]

पूरा पढ्नुहोस्

आज महाशिवरात्रि पर्व मनाइँदै

आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ […]

पूरा पढ्नुहोस्

राष्ट्रगुरु योगी नरहरिनाथको ११० औं जन्मजयन्ती

काठमाडौं, १७ फागुन । राष्ट्रगुरु योगी नरहरिनाथको जन्मजयन्ती देशभर मनाइँदैछ । नेपालको दुर्गम कालिकोटमा जन्मिएका नरहरिनाथले नेपाली समाजलाइ मात्र नभई विश्वलाई नै उपयोगी हुने महान कृतिहरु दिएका छन् । नरहरिनाथलाई त्याग र तपस्यका प्रतिमूर्ति मानिन्छ । उनले सन्यास लिएर सयौं कृतिहरु नेपाली समाजलाई दिएका छन् । धर्म, संस्कृति, इतिहासका ज्ञाता नरहरिनाथ अन्वेषणकर्ता पनि हुन् । […]

पूरा पढ्नुहोस्

भजन शिरोमणि भक्तराज आचार्यको निधन

भजनशिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाने क्रममा गायक तथा संगीतकार आचार्यको निधन भएको हो। अहिले उनको पार्थिव शरीर अस्पतालमै राखिएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। आचार्यले दर्जनौं आधुनिक र लोकगीतसहित भजनमा स्वर तथा संगीत दिएका छन्।  

पूरा पढ्नुहोस्