- ४ चैत्र २०८०, आईतवार १०:११
काठमाडौंको हनुमानढोका बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइएको छ । बसन्तपुरमा चीर ठड्याए पछि काठमाडौं लगायत देशैभरी रङ्गहरुको पर्व होली सुरु भएको मानिन्छ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
यही प्रचलन अनुसार आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
हनुमानढोका बसन्तपुरका साथै आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको संकेत दिने गरिन्छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्