घटना

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाडौँ– राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए। पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ […]

पूरा पढ्नुहोस्

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको त्यस क्षेत्रका स्थानीयहरूले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।    

पूरा पढ्नुहोस्

रहेनन् हिन्दूत्वका प्रखर अभियान्ता एवम् अनुसन्धानकर्ता सन्तोष आचार्य

काठमाडौं, १४ पौष । हिन्दुत्वकाे जागरणमा अहोरात्र सक्रिय रहँदै  सामाजिक रूपमा लोकप्रीय बन्नुभएका सन्तोष आचार्यको दुखद निधन भएको छ । आचार्यको ४१ वर्षको उमेरमा १२ पौषमा निधन भएको उनकाे पारिवारिक श्राेतले जानकारी दिएको हाे । केही समययता मस्तिष्कसम्बन्धी समस्यासँग जुध्दै आउनुभएका आचार्यको उपचारका क्रममा  निधन भएको हो । उनको शनिबार गृहजिल्ला झापाको भद्रपुरमा अन्त्येष्टि गरिएको […]

पूरा पढ्नुहोस्

मकवानपुरका शिक्षकमाथि सिन्धुलीमा गोली प्रहार, गोली बंगारामा अड्कियो

कार्तिक २५, काठमाडौं । मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको हो । आक्रमणकारीले बम्जनलाई सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा उनीमाथि गोली प्रहार गरेका हुन् । मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा […]

पूरा पढ्नुहोस्

शिक्षासेवी शर्माको निधन, शनिबार अन्त्येष्टि गरिने

काठमाडौँ । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः ३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा देवराज अर्यालले जानकारी दिए । उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । […]

पूरा पढ्नुहोस्

पुन्य गौतममाथि आक्रमण, निधार र टाउकोमा गहिरो चोट

पुन्य गौतममाथि आक्रमण भएको छ । सोमबार राति सवा ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा उनीमाथि आक्रमण भएको हो । आफू बस्ने घर अगाडि हिँड्दै गर्दा ४६ वर्षीय गौतममाथि आक्रमण भएको हो । धारिलो हतियार प्रहारबाट गौतमको टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको छ । नेपाल मेडिकल कलेज अत्तरखेलमा राखेर उनीमाथ उपचार भइरहेको […]

पूरा पढ्नुहोस्

एन्फा ऐकेडेमीको लापरबाहीका कारण विकल रेग्मीको ज्यान गएको आफन्त र स्थानीयको आरोप

मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा खसेको पहिरोमा परी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा वर्ष १४ का विकल रेग्मीको विकल रेग्मीको मृत्यु भएपछि आफन्त र छिमेकी शोकमा डुबेका छन् । एन्फा एकेडेमी र विद्यालयको लापरवाहीले विकलको ज्यान गएको भन्दै उनीहरुले मृतक प्रशिक्षार्थी विद्यार्थीको उचित सम्मान र पारिवारजनमा क्षतिपूर्तिको व्यवस्था गर्न माग […]

पूरा पढ्नुहोस्

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनिएपछि प्रशासनद्वारा अलर्ट जारी

भाद्र ७ , काठमाडौं । मुस्ताङमा हिमपहिरो पछि बोक्सीखोला थुनिएको छ । थासाङ गाउँपालिका–२ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनिएको हो । जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्यो

भदौ ७ गते । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको जानकारी दिनुभयो । प्रारम्भिक जानकारीअनुसार बस भारतीय भएको बुझिएको उहाँको भनाइ छ । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित […]

पूरा पढ्नुहोस्

नागढुंगा नजिक पहिरो गएपछि सडक दुईतर्फी बन्द

 भाद्र ५, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक  बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो गएपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ […]

पूरा पढ्नुहोस्