- ५ भाद्र २०८१, बुधबार १५:५६
भाद्र ५, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो गएपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ । बेला–बेला पहिरो जाने क्रम जारी छ । त्यसैले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
राजमार्ग बन्द भएकाले कतिपय यात्रुहरुले वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्