- ७ भाद्र २०८१, शुक्रबार १७:४०
भाद्र ७ , काठमाडौं । मुस्ताङमा हिमपहिरो पछि बोक्सीखोला थुनिएको छ । थासाङ गाउँपालिका–२ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर हिमपहिरोसहित ठुलो ढुंगाहरु झरेर खोला थुनिएको हो ।
जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हिमपहिरोका कारण ८० प्रतिशत पानी थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । तर भूगोल छिद्र भएका कारण खासै पानीको ताल भने नपरेको उनको भनाइ छ । ताल नपरेकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुहुँदै भन्नुभयो, “ ताल परेको छैन । बोक्सीखोलामा २० प्रतिशत मात्र पानी बगेको छ ।” थप उहाँले भन्नुभयो, “जोखिम धेरै छैन, तर अलर्ट रहनुपर्छ ।”
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमाली क्षेत्रबाट खसेको हिमपहिरो बस्ती भन्दा माथिको खोंचमा अड्किएको जानकारी दिनुहुँदै हिमपहिरोको जोखिम उच्च रहेकाले बस्तीका बासिन्दालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत जुटेर सुरक्षित स्थानमा सारिएको बताउनुभयो ।










प्रतिकृया दिनुहोस्