Author: V Group
परिषद्द्वारा शहीद दिवसको सम्झनामा दिपप्रज्वलन
सुष्मा तिमिल्सेना, बर्दिया, माघ १६ । बीर शहीदको सम्झना गर्दै आज भुरिगाउँमा शहीद दिवस मनाइएको छ । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउदै आईएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना […]
पूरा पढ्नुहोस्
उदाहरणीय बन्यो भरत ताल
सर्लाही, माघ १६ गते । स्पष्ट दृष्टिकोण, योजना र काममा समन्वय भए पूर्वाधार विकास निर्माणका काममा सफलता पाउन अन्तिम समय नै कुर्नु पर्छ । त्यसको ज्वलन्त उदाहरण बनेको छ मधेस प्रदेशको सर्लाही जिल्लास्थित बागमती नगरपालिकामा बन्दै गरेको कृत्रिम ताल । सङ्घ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले तीन वर्षअघि सरकारी स्वामित्वमा रहेको १२१ बिघा जमिनमा बनाउन थालेको […]
पूरा पढ्नुहोस्
कोल्हबीमा अज्ञात ब्याक्तिद्वारा बसमा आगजनी
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ६ स्थित कुमरगढी गाउँमा अज्ञात समुहद्वारा बसमा आगजनी गरिएको छ । उक्त गाउँमा बस्ने तेज प्रताप चौधरीले छट्ठी घाटको प्राङ्गणमा पार्किङ्ग गरि राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रु बाहक बसलाई गएराती करिब १ बजे रात्रीको समयमा अज्ञात व्यक्तीले आगजनी गरेको बताइएको छ । गाडी आगजनीको बिस्तृत जानकारी आउन बाँकी […]
पूरा पढ्नुहोस्
निर्माण सम्पन्न, परीक्षण उडानको तयारीका लागि कर्मचारीलाई तालिम
भैरहवा, माघ १४ गते । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा छ । विमानस्थल बिस्तार परियोजनाका अनुसार परीक्षण उडान जति चाँडो हुन सक्यो त्यति नै चाँडो अव विमानस्थल सञ्चालनमा आउनेछ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले […]
पूरा पढ्नुहोस्
बाराको प्रारम्भिक जनसंख्याः करिब साढे सात लाख
सिमरा। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनले बाराको जनसंख्या करिब साढे सात लाख देखाएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदनले बाराको जनसंख्या सात लाख ४३ हजार नौ सय ७५ देखाएको हो । विभागका अनुसार यो प्रारिम्भक तथ्यांक हो । बाह्रौ जनगणनाको अन्तिम तथ्यांक आउन बाँकी छ । हाल कन्ट्रोल फारमको […]
पूरा पढ्नुहोस्
नेपाल लाइफको नयाँ बोनसदर सार्बजनिक, घट्यो कि बढ्यो बोनस ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको माघ १३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक […]
पूरा पढ्नुहोस्
किन बढ्दै छ हाउजिङका घरमा आकर्षण ? के के छन् फाइदा बेफाइदा ?
मान्छेको पहिलो चाहना हुन्छ, आफ्नै एउटा घर होस् । त्यसपछिको दोस्रो चाहना, आफु बस्ने ठाउँ सुविधा सम्पन्न र मिलेको समुदाय पनि होस् भन्ने हुन्छ । तर, सबै ठाउँमा मिलेको समुदाय र अत्यावश्यक न्यूनतम सुविधाहरु उपलब्ध नहुन पनि सक्छन् । के तपाईं एउटै गेटबाट छिर्ने समुदायमा बस्नेबारे सोच्नुभएको छ ? यदि तपाईं व्यवस्थित सामूहिक आवास परियोजना हाउजिङका घरमा बस्नुभयो […]
पूरा पढ्नुहोस्
शहीदको बलिदानले नै जनताको शासन स्थापित : प्रधानमन्त्री
१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच […]
पूरा पढ्नुहोस्
आधुनिक भवनहरूको क्रेज बढदो : एसवन ग्रुप
चितवन । लामो समय देखि समाज तथा राष्ट्रको सामाजिक र आर्थिक सु–व्यवस्थालाई सम्बृद्धि गर्ने उद्धेश्यले निरन्तर निर्माणका क्षेत्रमा कार्य गर्दे आइरहेको एसवन ग्रुप अफ कम्पनीले आधुनिक भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण गर्दे आइरहेको छ । आ–आफ्नो क्षेत्रमा दक्ष तथा अनुभवि युवा टिम लिएर कंम्पनिले विभिन्न क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले निमार्ण क्षेत्र, रियल स्टेट, हस्पिटालिटी तथा उत्पादनसँगै […]
पूरा पढ्नुहोस्
एसवन ग्रुप अफ कम्पनीका सञ्चालक सुरज न्यौपानेद्वारा दुई छात्रालाई छात्रवृत्ति प्रदान
चितवन । सरस्वती केन्द्र नेपालका अध्यक्ष शिक्षाविद् डा. वसन्त अधिकारीको पहलमा एसवन ग्रुप अफ कम्पनीजका प्रोपाइटर समाजसेवी सुरज न्यौपानेले दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् । उनले न्यू स्पिडी आवासीय मावि रत्ननगरमा कक्षा ६ मा अध्ययनरत निकिता आचार्य र निकिसा महतोको लागि वार्षिकरुपमा जनही १०/१० हजारको दरले कक्षा १० सम्मको अध्ययनको लागि छात्रवृत्ति प्रदान […]
पूरा पढ्नुहोस्







