- १४ माघ २०७८, शुक्रबार १५:२७
चितवन । सरस्वती केन्द्र नेपालका अध्यक्ष शिक्षाविद् डा. वसन्त अधिकारीको पहलमा एसवन ग्रुप अफ कम्पनीजका प्रोपाइटर समाजसेवी सुरज न्यौपानेले दुई जना छात्रालाई छात्रवृत्ति प्रदान गरेका छन् ।
उनले न्यू स्पिडी आवासीय मावि रत्ननगरमा कक्षा ६ मा अध्ययनरत निकिता आचार्य र निकिसा महतोको लागि वार्षिकरुपमा जनही १०/१० हजारको दरले कक्षा १० सम्मको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेका हुन् ।
जेहेन्दार तर आर्थिक अवस्था कमजोर भएको कारण उनीहरुको शैक्षिक गतिविधि सहज नभएको महसुस गरी उनले उक्त सहयोग गरेको जानकारी दिए ।
आफ्नो कमाइको केही हिस्सा समाजमा अवसरबाट वन्चित व्इक्तिलाई सहयोग गर्नुपर्छ भन्ने सकारात्मक सोचका धनी न्यौपानेले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएका छन् ।
उनले भविष्यमा पनि यसलाई निरन्तरता दिने बताए । सरस्वती केन्द्र नेपालले विगत केही वर्षदेखि गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि माध्यमको भूमिका निर्वाह गरी विभिन्न खालका सहयोग गर्दै आएको संस्थाका सहसचिव समुन्द्र भट्टराईले जानकारी दिए ।










प्रतिकृया दिनुहोस्