Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
सार्वजनिक विद्यालयले गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजीमा पढाउनुपर्ने
अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी माध्यममा पढाउनुपर्ने भएको छ। सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सार्वजनिक विद्यालयले पनि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख छ। सार्वजनिक विद्यालयहरूमा यी विषयहरू नेपाली माध्यमबाट पढाई हुने गर्थ्यो। पठनपाठनलाई प्रभावकारी बनाउन सरकारले यी विषयलाई अंग्रेजी माध्यमबाट पढाउनुपर्ने […]
पूरा पढ्नुहोस्
प्राथमिक तहको शिक्षक हुन स्नातक तह, माध्यमिकका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने
विद्यालय स्तरमा कक्षा १ देखि ५ सम्म प्राथमिक तहको शिक्षक हुनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा शिक्षक पदमा नियुक्तिका कक्षा एकदेखि पाँचसम्म जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै कक्षा ६ देखि […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयक : ‘राहत शिक्षकलाई स्थायी हुन एकपटक मौका’
सरकारले सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकलाई एकपटकका लागि शिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी हुन मौका दिने भएको छ। मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ताका क्रममा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार राहत शिक्षकलाई परीक्षामा सहभागी हुन उमेरको हदबन्दी लाग्ने छैन। […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालय र शिक्षकबीचको संवादमा कमि आएको छ : सहसचिव लम्साल
भदौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरी लम्सालले शिक्षक व्यवस्थापनका सवालमा शिक्षा मन्त्रालय , शिक्षक , विद्यालयबीच संवादमा कमि आएको महशुस भएको बताएका छन् । कसैले कसैको समस्या बुझ्न नखोज्दा यसले झन् ठुलो रुप नलेला भन्न सकिने बताउँदै संवाद हुन आवश्यक रहेको तर पछिल्लो समय कमी आएको बताएका हुन् । ट्याक्सएड एलाइन्स नेपालले आयोजना […]
पूरा पढ्नुहोस्
शिक्षा समितिको सभापतिमा नेकपा एसका भानुभक्त जोशी निर्वाचित
प्रतिनिधिसभा अन्तर्गत समितिको सभापति चयनका लागि आईतवार मनोनयन दर्ता गराएका जाेशी शिक्षा समितिका सभापतिमा निर्वाचित भएका छन् । आईतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियोे । सोही क्रममा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियोे । आईतवार बसेको संसदीय दलको बैठकले […]
पूरा पढ्नुहोस्
विद्यालय तहमै नैतिक शिक्षा र योग शिक्षा पढाउने तयारीमा सरकार
माओवादीले चलाएको १० वर्षे द्वन्द्वकै समयमा विद्यालय तहमा पढाइ हुने नैतिक शिक्षा हट्यो । अहिले फेरि नैतिक शिक्षा पढाउनुपर्ने निष्कर्षतिर सरकार पुग्न थालेको छ । सरकार यतिबेला १६ औँ आवधिक योजना तर्जुमाको तयारीमा छ । १६ औं योजनामै शिक्षासम्बन्धी रणनीतिमा नैतिक शिक्षा समेटिने सम्भावना देखिएको छ । त्यति मात्र होइन सरकारले योग शिक्षालाई पनि विद्यालय […]
पूरा पढ्नुहोस्
शिक्षक/कर्मचारीको तलबभत्ता र सेवासुविधा स्वीकृत [विवरणसहित]
काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा शिक्षकको तलब, भत्ता तथा सेवा सुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ। मन्त्रालयको गत मंगलबारको मन्त्रीस्तरीय निर्णयले चालु वर्षको कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरेको हो। पुस्तिकामा स्थायी शिक्षक, दरबन्दीमा कार्यरत अस्थायी/करार शिक्षक, अनुदान कोटामा कार्यरत शिक्षक, साविक उच्चमावि तहको अनुदान कोटमा कार्यरत शिक्षक, प्राविधिक धारमा कार्यरत प्रशिक्षक एवम् सहायक प्रशिक्षक, […]
पूरा पढ्नुहोस्
सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षकहरूकाे धर्ना
साउन ३२, काठमाडौँ। विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा रुष्ट भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बिहीबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा आयोजित धर्नामा शिक्षक र कर्मचारीहरूले मन्त्रालयका अधिकारीहरूलाई यसअघि सरकारसँग भएको सहमतिको छायाप्रति पेस गरेर आफूहरूका माग पूरा गर्न दबाब दिएका हुन्। ११ बजे आयोजित धर्ना कार्यक्रम २ […]
पूरा पढ्नुहोस्
विद्याभूषणका लागि आवेदन माग
साउन २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण क ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्राविधिक विद्याभूषणका लागि आवेदन माग गरेको छ । नेपाल विद्याभूषण प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन संस्थान तथा विदेशी विश्वविद्यालयबाट उल्लेखित […]
पूरा पढ्नुहोस्
छयालीस हजार दरबन्दी खुल्दै
साउन १८, काठमाडौं । ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई […]
पूरा पढ्नुहोस्







