Tag: भारत

धार्मिक सभामा भागदौड हुँदा करिब सयको मृत्यु

लखनउ (भारत), असार १८ गते । उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठुलो भिड जम्मा भएको थियो । तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको आँधीले आतङ्क फैलाएको थियो । […]

पूरा पढ्नुहोस्

राहुल गान्धीकाे विवादास्पद अभिव्यक्ति “हिन्दूहरू हिंसा गर्छन”

  ऐजेन्सी  । भारतीय काङ्ग्रेस एवम् इन्डिया गठबन्धनका नेता राहुल गान्धीले भारतीय संसद भवनमा हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले साेमवार संसद भवनमा बाेल्दै ” जाे आफुलाई हिन्दू भन्छन् उनीहरू हिंशा मात्र गर्छन ” भनेर हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका हुन् । उनले उक्त विवादास्पद अभिव्यक्त दिए पछि एनडिए गठबन्धनका संसादहरूले त्यसकाे विराेध […]

पूरा पढ्नुहोस्

सत्र वर्षपछि भारतले जित्यो आईसीसी टी-२० विश्वकप

काठमाडौं । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो । बार्बाडोसस्थित किङ्सटाउन […]

पूरा पढ्नुहोस्

सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने

काठमाडौं– नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख एस्ले टोजेले सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका छन् । नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उपप्रमुख टोजेले अमेरिका र चीनलाई पछि पार्दै सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारसमेत रहेका टोजेले १० हजार पुरानो सभ्यता, वैदिक ज्ञानजस्ता कारणले पनि भारतसँग विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने क्षमता […]

पूरा पढ्नुहोस्

दर्जनौँ भारतीय कम्पनीले हजारौँ करोड बराबरको आईपीओ जारी गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल शुरु गर्दै गर्दा दर्जनौँ भारतीय कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएका छन् ।  आगामी २ महिनामा भारतीय शेयर बजारमा हजारौँ करोड भारु बराबरको आईपीओ जारी हुन लागेको आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ । हालसम्म १८ वटा कम्पनीले भारतीय प्रत्याभूति एवम् विनिमय बोर्ड सेबीबाट आईपीओ जारी गर्ने विषयमा […]

पूरा पढ्नुहोस्

भारतको लोकसभामा हिन्दुत्वको पुन: विजय

भारतको १८औं आम लोकसभा निर्वाचन भर्खरै सातौँ चरणमा सम्पन्न भइसकेको छ र सरकार पनि गठन भइसकेको छ । भारतको लोकसभामा ५४३ सिटमध्ये भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) ले २९३ सिट जितेको छ । त्यस्तै कांग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३४ सिट जितेको छ भने अन्यले १६ सिट जितेका छन् । प्रष्ट हिन्दु विचार […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएको थियो । उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका […]

पूरा पढ्नुहोस्

यी हुन् भारतमा शपथ लिने सम्भावित ४३ मन्त्री

काठमाडौं । भारतमा नरेन्द्र मोदीले आइतबार साँझ सभा ७ बजे तगातार तेस्रोपटक प्रधामन्त्रीको शपथ लिँदै छन् । आफूले शपथ लिनुअगाडि आइतबार नै मोदीले आफ्नो मन्त्रिपरिषद्‌मा सहभागी हुने सम्भावित व्यक्तिहरूलाई निवासमा बोलाएका थिए । मोदीले आफ्नो हरेक शपथग्रहणअगाडि यस्तो बैठकको आयोजना गर्दै आएका छन् । मोदीले आइतबार आफ्नो निवासमा ४३ व्यक्तिलाई बोलाएका थिए, जसले आइतबार नै मन्त्रीको […]

पूरा पढ्नुहोस्

भारतमा को-को बन्दैछन् मन्त्री ? यी हुन् मोदीको सर्ट लिस्टमा परेका नामहरू

काठमाडौँ । प्रधानमन्त्रीको सपथ लिनुअघि नरेन्द्र मोदीले मन्त्रिपरिषद्का सम्भावित मन्त्रीहरूलाई फोन गर्न थालेका छन् । भारतीय सञ्‍चारमाध्यम आजतकका अनुसार बीजेपी नेता पियुष गोयल, राजनाथ सिंह, नितिन गडकरी, ज्योतिरादित्य सिन्धिया, कुमारस्वामी, केजीतन राम, नेता जयन्त चौधरी, चिराग पासवान, जेडीयू नेता रामनाथ ठाकुर र अपना दलकी अनुप्रिया पटेललाई मन्त्रिपरिषद्को सपथ लिनका लागि भनिएको छ । चिराग पासवानको […]

पूरा पढ्नुहोस्

आज शपथ लिँदै मोदी : शपथमा पाँच छिमेकी र दुई मित्र मुलुकलाई निम्ता, प्रधानमन्त्री प्रचण्ड जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुँदै छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ । भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका […]

पूरा पढ्नुहोस्