- २७ जेष्ठ २०८१, आईतवार १४:३२
काठमाडौँ । प्रधानमन्त्रीको सपथ लिनुअघि नरेन्द्र मोदीले मन्त्रिपरिषद्का सम्भावित मन्त्रीहरूलाई फोन गर्न थालेका छन् ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार बीजेपी नेता पियुष गोयल, राजनाथ सिंह, नितिन गडकरी, ज्योतिरादित्य सिन्धिया, कुमारस्वामी, केजीतन राम, नेता जयन्त चौधरी, चिराग पासवान, जेडीयू नेता रामनाथ ठाकुर र अपना दलकी अनुप्रिया पटेललाई मन्त्रिपरिषद्को सपथ लिनका लागि भनिएको छ ।
चिराग पासवानको पार्टी एलजेपीआरले बिहारको पाँच सिटमा चुनाव लडेको थियो र सबै पाँचमा जितेको थियो। चिराग आफैंले हाजीपुरबाट चुनाव जितेका थिए ।
नागपुरबाट चुनाव जितेर नितिन गडकरी फेरि संसदमा पुगेका छन् । गडकरी मोदी सरकारमा लगातार दुई कार्यकाल मन्त्री भइसकेका छन् । जेडीयू सांसद रामनाथ ठाकुर राज्यसभाका सदस्य हुन्।
अनुप्रिया पटेलको अपना दल (सोनेलाल) ले दुई सिटमा चुनाव लडेको थियो, जसमध्ये अनुप्रिया पटेलले आफ्नै सिट जित्न सफल भएकी थिइन्। जहाँ जीतनराम मांझीको पार्टी हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले एनडीएबाट एउटा मात्र सिट गुमाएको थियो र त्यही सिट (गया)बाट उनी आफैं चुनाव लडेर संसदमा पुगे ।
जयन्त चौधरीको पार्टीले दुई सिट पाएको थियो भने दुवै सिटमा उनको पार्टी विजयी भएको थियो । जयन्त चौधरी आफैं पनि राज्यसभाका सांसद हुन् ।










प्रतिकृया दिनुहोस्