Tag: जाजरकोट भूकम्प

राहत सामग्री लिएर हिन्दू स्वयंसेवक संघ जाजरकोट पुग्यो

कार्तिक २४, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपाल जाजरकोट र रूकुमका भूकम्प प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्ने जाजरकोट पुगेको छ । आफ्नो मानवीय साहेयतालाई निरन्तरता दिदै अत्यन्तै प्रभावित र आवश्यकता भएका क्षेत्रका नागरिकलाई वितरण गर्ने उदेश्यका साथ सेवा इन्टरनेशनल नेपालले  दुई गाडी राहत सामग्री लिएर बिहीबार जाजरकोट पुगेकाे हिन्दू स्वयंसेवक संघ नेपालले जनाएको छ […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित जनताप्रती भारतकाे चिन्ता, तेस्रो चरणकाे राहत सामग्री पनि नेपाललाई हस्तान्तरण

कार्तिक २३, काठमाडौं  जाजरकोट र रूकुममा भूकम्पबाट प्रभावित नागरिकहरूका लागि भारत सरकारले चिन्ता व्यक्त गर्दै मानवीय साहेता स्वरूप तेस्रो चरणकाे पनि राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रती गरेकाे प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान आज भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रग्री नेपाल […]

पूरा पढ्नुहोस्

विद्यालयको पुनर्निर्माण र अभिभावकबिहीन बालकालिकाको शिक्षाको जिम्मा लिने नेविसंघको उद्घोष

काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित जिल्ला जाजरकोटका दुई विद्यालय पुनर्निर्माण गर्ने उद्घोष गरेको छ । नेविसंघले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै भेरी नगरपालिका– ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, र नलगाड नगरपालिक– ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको पूनर्निर्माण गरिदिने बताएको हो । साथै, भूकम्प […]

पूरा पढ्नुहोस्

भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति

रुकुम पश्चिम र जाजरकोट — शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक […]

पूरा पढ्नुहोस्

भेरी नगरपालिकामा १४ विद्यालयका भवन भत्किए, ११ विद्यार्थीको मृत्यु

जाजरकोटकाे भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ ।  ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । ४७ वटा कक्षाकोठा, ९ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौवटा घेराबार, […]

पूरा पढ्नुहोस्

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुन: ५.८ म्याग्‍निच्युडको भूकम्प [अपडेट]

काठमाडौँ । जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुन: ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्‍निच्युडको अर्को झट्का महसुस गरिएकाे छ ।  

पूरा पढ्नुहोस्

प्राज्ञिकले भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने

कार्तिक १९, काठमाडौं । जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० वटा घर परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने प्राज्ञिक विद्यार्थी परिषद्ले घाेषणा गरेकाे छ । कार्तिक १७ गते राति ११:४९ मिनेटमा जाजरकोटकाे लामि डाँका केन्द्र विन्दु बनाएर गएको ६.४ म्याग्नाच्यूटकाे विनाशकारी भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीहरूलाई राहत स्वरूप पिडित परिवारलाई थाेरै भए पनि मलम […]

पूरा पढ्नुहोस्

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाण्डाै – शुक्रवार राति गएको भूकम्पको थप अध्ययन एवम् अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकाेट पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीसहितको टोली अनुसन्धान गर्न शनिवार हिजाे जाजरकोट पुगेको हो । याे टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । ‘कति […]

पूरा पढ्नुहोस्

यस्तो चिसाेमा खुला आकासमुनि भूकम्प पीडितको बास

कात्तिक २८, खलंगा। शुक्रबार मध्यरातमा भएको भूकम्पबाट प्रभावित जाजरकोटबासीले खुला आकास मुनी रात काट्ने भएका छन् । घरहरु भत्किएका छन् भने कतिपय कर्चिएर बस्न नसक्ने अवस्थामा छ । भूकम्पको त्रास पनि भएकाले मानिसहरु खुला आकासमुनी बसेका छन् । भेरी नगरपालिकाको रिमा बजारमा पनि मानिसहरु घर र सडक नजिकै खुला आकासमुनी रात काटिरहेका छन् ।   […]

पूरा पढ्नुहोस्