- १९ कार्तिक २०८०, आईतवार १६:५९
कार्तिक १९, काठमाडौं । जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० वटा घर परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने प्राज्ञिक विद्यार्थी परिषद्ले घाेषणा गरेकाे छ ।
कार्तिक १७ गते राति ११:४९ मिनेटमा जाजरकोटकाे लामि डाँका केन्द्र विन्दु बनाएर गएको ६.४ म्याग्नाच्यूटकाे विनाशकारी भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीहरूलाई राहत स्वरूप पिडित परिवारलाई थाेरै भए पनि मलम लगाउने हेतुले सहयोग गर्ने परिषद्ले जनाएको हाे ।
विद्यार्थी परिषद्ले गत महिनामा बझाङमा गएकाे भूकम्पबाट प्रभावित भएका ११० घरपरिवारलाई पनि ११० थान न्यानो कम्बल वितरण गरेकाे थियोे ।
साथै विद्यार्थी परिषद्ले २०७२ सालमा गएको विनाशकारी महाभूकम्पमा पनि विभिन्न संघ संगठनहरूसँग सहकार्यगरी अर्बौं रकम बराबरकाे खाद्यान्न, कपडा, टेन्ड, त्रिपाल, मेडिकल सामग्रीहरू, ३ लाख भन्दाबढी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेकाे थियोे ।
त्यस बखत विद्यार्थी परिषद्ले भूकम्प गएलगतै सयौं कार्यकर्ताहरूलाई उद्वार तथा राहत वितरण कार्यमा स्वयंसेवककाे रूपमा ३ महिनासम्म परिचालन गरेको परिषद्ले जनाएको छ ।
अहिले पनि जाजरकोट र रूकुम पश्चिममा कर्णाली प्रदेशका कार्यकर्ताहरू सम्भब भएसम्म उद्वार र राहत कार्यमा परिचालन भइरहेको र छिटै तत्काल केही खाद्यान्न र अस्थायी बस्नका लागि आवश्यक सामग्रीहरू लिएर जाने तयारी भइरहेको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनु भएको छ ।
साथै परिषद्ले भूकम्पबाट मुत्यु हुने सम्पूर्ण व्यक्तिहरू प्रती दुख व्यक्त गर्दै शाेकसन्त परिवारजन प्रती गहिरो समवेदना प्रकट गरेकाे छ । र घाइते भएका मानिसहरूकाे स्वास्थ्य उपचार र घरवारविहीन भएका परिवारहरूलाई तत्काल अस्थायी आवसकाे बन्दाेबस्त मिलाउन अग्रह पनि गरेकाे छ ।










प्रतिकृया दिनुहोस्