समाज
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
असार २६, काठमाडौंं । गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज (बिहीवार) गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा अषाढ शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रूपमा मनाउँदै आएको छ । व्यासदेवलाई ‘गुरुणां गुरु’ भनी यस दिनलाई गुरुपूर्णिमा उत्सवको रूपमा मनाइन्छ । वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार […]
पूरा पढ्नुहोस्
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका […]
पूरा पढ्नुहोस्काठमाडौं जिल्लाकै उत्कृष्ट बन्न सफल बालउद्वार माध्यमिक विद्यालय
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं-१० कपन मिलनचोकमा रहेको बालउद्वार माध्यमिक विधालयले यस बर्षको एसईई परिक्षामा ऐतिहासिक नतिजा निकाल्न सफल भएको छ। यस बर्षको एसईई परिक्षाको नतिजाको आधारमा विधालय काठमाडौं जिल्लाकै उत्कृष्ट विधालय बन्न सफल भएको छ। एसईई परिक्षामा सहभागी सबै विधार्थीहरु उत्रिण गराउन सफल भएर विधालयले ऐतिहासिक रेकर्ड राखेको विधालयका प्रधानाध्यापक विनोद पण्डितले जानकारी […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिका लागि आवदेन माग
काठमाडौं, असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/०८३ मा प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूका लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन माग गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने प्रि–डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा […]
पूरा पढ्नुहोस्
बाढीले रसुवागढी भन्सारका सामानमा क्षति
रसुवागढी । रसुवागढीमा आएको बाढीका कारण भन्सारमा रहेका मालसामानमा क्षति पुगेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले एकीन विवरण आइनसके पनि केही मालवस्तु र सवारीसाधनमा क्षति पुगेको जानकारी दिए । ‘रसुवागढीबाट बर्खाको समयमा कम मालसामान आयात हुने हुनाले धेरै थिएन’ उनले भने ‘तर जति थियो, त्यसमा क्षति पुगेको छ ।’ मितेरी पुललगायत रसुवागढीको भन्सार […]
पूरा पढ्नुहोस्
आपचौर भजन समूहलाई सेवा र विकासद्वारा सम्मान तथा पाेशाक वितरण
गुल्मी – सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विगत २१ वर्षदेखि सक्रिय आपचौर भजन समूहलाई हरीस्यनी एकादशीको विशेष अवसर पारेर सम्मान तथा पोशाक वितरण गरिएको छ। कार्यक्रममा समूहका सबै सदस्यहरूलाई आवश्यक केही थान पोशाक वितरण गरिनुको साथै, उनीहरूलाई औपचारिक सम्मानसमेत प्रदान गरिएको हो। सेवा र विकासका लागि युवाको समन्वयमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष पारस खरेलको अध्यक्षतामा […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाद्वारा : गोकर्ण माविकी छात्रा तारादेवी तामाङलाई छात्रवृत्ति वितरण
काठमाडौं, असार । “सेवा र विकासका लागि युवाको समन्वय”मा गाेकर्ण मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । ओरेगन नेपाली समाज, अमेरिकाको आर्थिक सहयोगमा काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा सुश्री तारादेवी तामाङलाई छात्रवृत्ति वितरण गरिएको हाे। एक विशेष कार्यक्रमका बीच सम्पन्न छात्रवृत्ति वितरण समारोहले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका प्रतिभावान विद्यार्थीलाई शिक्षामा निरन्तरता […]
पूरा पढ्नुहोस्
कम शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने हिमालय कलेजमा +2 भर्ना खुल्यो
काठमाडौं, असार १६ । काठमाडौंको कोटेश्वर चोकमा अवस्थित न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको हिमालय कलेजले कक्षा ११ (प्लस टु) भर्ना खुलाएको छ। कलेजले विज्ञान, व्यवस्थापन, कानून र मानविकी संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि न्युनतम शुल्कमा नयाँ भर्ना प्रक्रिया प्रारम्भ गरेको हो। ‘शेप योर फ्युचर विथ हिमालय कलेज’ भन्ने नारासहित कलेजले गुणस्तरीय शिक्षा, […]
पूरा पढ्नुहोस्
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने
हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । कम्पनीले अंकित मूल्य […]
पूरा पढ्नुहोस्
एसईई नतिजामा गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन्। बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन्। यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो। त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार […]
पूरा पढ्नुहोस्







