शिक्षक

राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही प्रक्रिया अगाडि बढ्यो

राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छ ।  सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारबाही प्रक्रिया अगाडि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय […]

पूरा पढ्नुहोस्

शिक्षकलाई राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ

काठमाडौँ, वैशाख ६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलबाट टाढा राख्न आफू निर्मम भएर लाग्ने बताउनुभयो । देशको भविष्य बोक्ने बालबालिकाको शिक्षा माथि खेलबाड गर्दै शिक्षकहरू राजनीति गरेर हिँड्दा देशकै शैक्षिक स्तर डामाडोल भएकोले आफूले निर्मम भएर लाग्ने र स्थानीय तह, शिक्षा सेवी, अभिभावक लगायतका सरोकारवाला निकायसँग सहयोग गर्न समेत उहाँले आग्रह […]

पूरा पढ्नुहोस्

शिक्षकका हकहितका लागि खुलेको संस्थाप्रति निर्मम नबन्न शिक्षामन्त्रीलाई महासंघको अनुरोध

नेपाल शिक्षक महासंघले आफूहू विधानअनुसार गठन भएकाले खारेज गर्ने विषयमा नसोच्न शिक्षामन्त्रीलाई अनुरोध गरेको छ। महासंघले विज्ञप्ती जारी गर्दै  शिक्षामन्त्री सुमना श्रेष्ठलाई पदीय गरिमा तथा जिम्मेवारीप्रति सचेत रहन आग्रह गरेको हो। मन्त्री श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने विषयमा छलफल प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल गरेपछि शिक्षकहरू क्रुद्ध भएका हुन्। महासंघले मंगलबार प्रकाशित गरेको […]

पूरा पढ्नुहोस्

दलमा आबद्ध शिक्षक बर्खास्त गर्ने शिक्षा मन्त्रालयको ‘बोल्ड’ निर्णय

  शिक्षा मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई पदबाटै हटाउन सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बैठकले दल र तिनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कारबाही चलाउने नीतिगत निर्णय लिएको हो । कुनै पनि दलको समितिमा रहेका शिक्षक भेटिए तुरुन्तै बर्खास्त गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई नै पत्राचार गरेको छ ।   केन्द्रले जिल्ला शिक्षा समन्वय एकाइलाई […]

पूरा पढ्नुहोस्

शिक्षक महासङ्घको महाधिवेशन हुँदै : अलमलमै आबद्ध घटक संगठन

काठमाडौँ /४ बैशाख – नेपाल शिक्षक महासङ्घले दोस्रो राष्ट्रिय महाधिवेशनको मिति बैशाख १०,११ र १२ गतेलाई तय गरेको छ । पटक पटक सारिएको महाधिवेशनको मितिमा बैशाख ६,७ र ८ गते गर्न भनिएपनि यसलाई केही दिन सारेर यही बैशाख १०,११ र १२ गते गर्ने निर्णय गरेको हो । ४० भन्दा बढी जिल्लाहरूमा अधिवेशन सम्पन्न गरेर महासङ्घले […]

पूरा पढ्नुहोस्

अलग अलग विषयकाे शिक्षक आवश्यकता ( विज्ञापन हेर्नुहाेस् )

काठमाडौँ।   देशका  विभिन्न विद्यालयहरूमा अलग अलग विषयकाे लागि करारमा शिक्षक माग गरिएको छ । सिन्धुपाल्चोककाे श्री जालपादेवी मा.विमा लेखा विषय, श्री छात्र प्रगति मा.वि भदाैरेमा गणित, श्री बालायाम्दाङ मा.विमा विज्ञान, श्री पशुपतिनाथ मा.वि.मा गणित विषयकाे शिक्षक माग गरिएको  हाे । विज्ञानपन निम्न अनुसार रहेको छ ।

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोग तयारी : ब्रह्माण्ड सम्बन्धी जानकारी (भिडियोसहित)

यो सामग्री ब्रह्माण्ड सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री ब्रह्माण्डका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा ब्रह्माण्ड सम्बन्धी […]

पूरा पढ्नुहोस्

माध्यमिक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत ३ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको जनाएको छ । यहाँबाट हेर्नुहोस नतिजा : […]

पूरा पढ्नुहोस्

शिक्षामा राजनीतिकरणकाे अन्त्य गर्ने शिक्षा मन्त्री श्रेष्ठकाे प्रतिवद्धता

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीतिकरणकाे अन्त्य गर्ने बताएकी छन्। देशभर सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन निर्देशन दिएकी हुन्। बाहालवाला  शिक्षक कर्मचारी राजनैतिक दलको सदस्य तथा संगठित सदस्य  समेत नहुन  कडा निर्देशन दिदैँ मन्त्री श्रेष्ठले दलको नेता शिक्षक भएसम्म विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई कानुनले समेत दलको […]

पूरा पढ्नुहोस्

जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

गुल्मी ।  गुल्मीको मुसीकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।  नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको […]

पूरा पढ्नुहोस्