विश्वविद्यालय
त्रिवि सभाद्वारा शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बको बजेट पारित
त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ । मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् । त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ । आन्तरिकतर्फ […]
पूरा पढ्नुहोस्
उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ । सो विश्वविद्यालयको साधारणसभा बैठक (सिनेट) मा आज अध्यक्षता र सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै […]
पूरा पढ्नुहोस्
त्रिविको अर्को लापरवाही : परीक्षामा हुबहु गतवर्ष कै प्रश्न
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम सेमेस्टरको ‘संस्कृत काव्यशास्त्र’ विषयको प्रश्न दोहोरिएको छ। गत वर्षको प्रश्नपत्रमा उल्लेख भएका सबै प्रश्नपत्र यस वर्ष पनि हुबहु राखिएको छ। ऐच्छिक नेपाली विषयको उक्त परीक्षा बुधबार मात्रै सञ्चालन भएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डिन कार्यालयलाई पठाए पनि डिन […]
पूरा पढ्नुहोस्
एसईईमा ३.९१ जिपिए ल्याउने दर्जनौं उत्कृष्ट विद्यार्थीकाे राेजाइमा CBM कलेज
साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ । सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
त्रिवि बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला
साउन, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयले बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला गरेको छ। विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस, पोखरा, हेटौंडा क्याम्पस, हेटौंडा र सम्बन्धन प्राप्त क्याम्पस काठमाण्डौमा स्नातक तह B.Sc. Forestry मा शैक्षिक सत्र २०८०/०८४ मा भर्नाका लागि आवेदन खुला गरेको हो। इच्छुक विद्यार्थीहरूले २०८० साउन ११ गते देखि […]
पूरा पढ्नुहोस्
शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडौँ : शिक्षामन्त्री भट्टराई
काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारिता देखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताएकी हुन् । सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी रहेको उनले बताइन् । […]
पूरा पढ्नुहोस्
त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने ( यस्तो छ प्रकृया)
काठमाडौँ —त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए । सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ,’ उनले भने, ‘वार्षिक प्रणालीमा पनि नतिजा […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भनिन् । ‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशन ( नतिजा सहित )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशन गरेको छ । ४ वर्षे B.SC. प्रथम वर्ष २०८० को नतिजा प्रकाशित भएको हाे । आफ्नो नतिजा हेर्नू होला www.tuexam.edu.np मा गएर View Result Option मा रहेको Select Result मा आफ्नो तह छनौट गरी सिंम्बाेल नम्बर राखेर नतिजा हेर्न सक्नु हुनेछ ।
पूरा पढ्नुहोस्
कृषि विद्यार्थी राष्ट्रिय सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रारम्भ
साउन ०४, चितवन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा प्रारम्भ गरेको छ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रथम कृषि विद्यार्थी सम्मेलनकाे आयोजना गरेको हाे । परिषद्ले कृषि शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा आगामी दिशा तयका गर्नका लागि राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनकाे […]
पूरा पढ्नुहोस्







