- १० श्रावण २०८१, बिहीबार १७:४०
साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ ।
सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई १०० प्रतिशत छात्रवृत्ति दिदै आइरहेको कलेजले यस वर्ष पनि १०० प्रतिशत छात्र विद्यार्थी दिए पछि ३.९० जिपिए ल्याउने उत्कृष्ट विद्यार्थीहरूकाे राेजाइमा पर्न थालेको र विद्यार्थीकाे चाप बढदै गएको कलेजका प्रिन्सिपल सुमन न्याैपानेले बताएका छन् ।
विगत २८ वर्षदेखि व्यवस्थापन,र विगत केही वर्षदेखि विज्ञान तर्फका विषयहरू अध्ययन अध्यापन गराइरहेको कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।
विद्यार्थीलाई पाठ्यपुस्तक सँगसँगै अन्य अतिरिक्त क्रियाकलापहरू पनि उतिकै प्रथमिकता दिने कलेजले विद्यार्थीकाे अलग अलग प्रतिभालाई प्रस्फाेटन गर्न अलगअलग खेलकुद, सांस्कृतिक , आर्थिक , साहित्यक, मनाेरञ्जन, सामाजिक क्लबहरूकाे माध्यमबाट विभिन्न किसिमका गतिविधिहरू सञ्चालन गरिरहेकाे छ ।
भर्खरका डाइनामिक युवाहरूले सञ्चालन गरेको उक्त कलेज विद्यार्थीलाई पढाउने मात्र हाेइन पढाइ सँगै सँगै अभ्यास पनि निरन्तर रूपमा गराउने गरेको छ ।
कलेजले विद्यार्थीलाई उनीहरूकाे रुचि अनसुसारकाे कार्यहरू गर्न प्रेरित गर्ने गरेको र कलेजमा हरेक हप्ता विद्यार्थीकाे वृद्धि विकासका लागि कुनै न कुनै गतिविधि सञ्चालन गर्ने गरेको त्यस कलेजमा अध्ययन गर्ने एक विद्यार्थीले बताए ।
सिविएम कलेजमा सम्पन्न हजार भन्दा बढि पुस्तक भएको लाइब्रेरी, कम्प्युटर ल्याब, कार्यक्रम हल, वास्केट बल ग्राउण्डहरू रहेको छ । जुन आजको विद्यार्थीलाई अति आवश्यक छ । साथै विद्यार्थीहरूलाई पढदै इन्टनसिपकाे व्यवस्था गर्ने गरेकाे छ ।
कक्षा ११ काे प्रवेश परिक्षा
सिविएम कलेजले एसईईकाे नतिजा सार्वजनिक गरेसँगै कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषय लिएर अध्ययन गर्न चाहने विद्यार्थीहरूकाे लागि धमाधम प्रवेश परीक्षा लिइएको छ ।
प्रवेश परीक्षा उत्कृष्ट माक्स ल्याउने विद्यार्थीलाई विशेष छुट सहीत भर्ना लिने गरेको एसईईमा ३.९१ जिपिए लयाउने विद्यार्थी श्रेया निराैलाले बताइन।

उनले भने कलेजले आफ्नो उज्ज्वल भविष्यका लागि क्यारियर काउन्सिल पनि गर्ने गरेको र त्यसबाट आफू प्रभावित भएर CBM कलेजमा भर्ना गरेकाे जानकारी दिए ।

त्यस्तै सुयाेग अधिकारीले कलेज आफ्नै दाईहरू जस्तै उमेर समुहका दाईहरूले सञ्चालन गरेको र घरकाे जस्तै पारिवारिक वातावरणमा पढाइ हुने भएकोले आफुले यस कलेज राेजेकाे उनले बताए । साथै कलेजमा सैद्धान्तिक मात्र नभएर व्यबहारिक रूपमा अध्ययन गराइने भएकोले आफ्नो राेजाइमा परेको बताए ।

त्यस्तै गरि ३.७६ ल्याउने वसन्त नेम्वाङ र ३.७८ ल्याउने विधान जाेसीले पनि व्यवस्थापन र विज्ञान विषयमा आफुलाई सिविएम कलेज नै उत्कृष्ट लागेको आफुहरूले याे कलेज छनाैट गरेको बताए ।

CBM कलेजले +2 मात्र हाेइन स्नातक र स्नातकोत्तरमा पनि अध्ययन अध्यापन गराउने गरेको छ । कलेजले BBM , BBS र MBS विषय पढाउँदै आइरहेको छ । BBM मा उत्कृष्ट व्यबहारिक शिक्षा दिने CBM ले स्नातक तहमा पनि भर्ना खुलेकाे प्रिन्सिलपल सुमन न्याैपानेले जानकारी दिनु भयो ।

ट्रासफर्मिङ एजुकेसन भन्ने मुल नाराका साथ सञ्चालन भएको सिविएम कलेजले वास्तवमै विद्यार्थीलाई गुणस्तरीय र व्यबहारिक शिक्षा प्रदान गर्दै भविष्यमा एक याेग्य र बजारमा गएर राम्रो काम गर्न सक्ने जनशक्ति निर्माणमा गरिरहेकाे छ ।
कलेज बारे थप जानकारीका लागि
Register for +2 at CBM: http://register.cbm.edu.np/
Reach us for more information.
📱9844082852/9843969953
☎️01-4539716
🌐www.cbm.edu.np










प्रतिकृया दिनुहोस्