विश्वविद्यालय शिक्षा

गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्

त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डिन कार्यालयमा तोडफोड गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । त्रिविले शनिबार विज्ञप्ति निकालेर कारबाहीको माग गरेको हो । ‘शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट तोडफोड गर्ने कार्य भयो सो कार्य क्षम्य नहुने अपराध हो भन्ने विश्वविद्यालयको ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे देशभर प्रचार प्रसार तीव्र

चितवन । प्राज्ञिक विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ  । प्राज्ञिकलेे  हरेक दुई दुई वर्षमा गर्ने आफ्नो राष्ट्रिय अधिवेशन यस वर्ष दशाैँ राष्ट्रिय अधिवेशन  चितवनकाे भरतपुरमा सम्पन्न गर्न गईरहेकाे छ । परिषद्ले सम्पन्न गर्न गइरहेको  आफ्नो दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार, अर्थ संकलन र अधिवेशन स्थल व्यवस्थापन  गायतका कार्यहरूलाई  […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन्। वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट […]

पूरा पढ्नुहोस्

राजनीतिक छायामा स्ववियु निर्वाचन, स्वतन्त्र समूह सकृय

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यालय युनियनको निर्वाचन राजनीतिक  छायामा परेको छ। लामो समयपछि चैत ५ मा देशव्यापी रूपमा स्ववियु निर्वाचनको मिति तोकिएको छ। तर, विगत जस्तो न महत्व पाएको छ, न त आमविद्यार्थीमा आकर्षण नै छ। हुन त, ०६५ सालपछि देशभर स्ववियु निर्वाचन नै हुन सकेको थिएन। ०७३ सालमा उपत्यका भित्रका विश्वविद्यालय र क्याम्पसमा निर्वाचन […]

पूरा पढ्नुहोस्

केआईआईटीका ८० प्रतिशत नेपाली विद्यार्थी कलेज फर्किए

काठमाडौँ । नेपाली छात्रा प्रकृति लम्सालको होस्टेलमा भएको शंकास्पद मृत्युको अनुसन्धान माग गर्दा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र दमनका कारण भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा उत्पन्न तनाव साम्य हुँदै गएको छ । घटनाका क्रममा धरपकड गर्दै निकालिएका र कलेज छाड्न बाध्य भएका करिब ८० प्रतिशत नेपाली विद्यार्थी होस्टेल फर्किएका छन् । विश्वविद्यालय […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचनमा स्वतन्त्र, बौद्धिक र रचनात्मक नेतृत्वको पक्षमा मतदान गर्न आवहान

काठमाडौं । सन्दीप महरा,  शिक्षा समाजको मेरुदण्ड हो, र विश्वविद्यालय भनेको कुनै पनि राष्ट्रको बौद्धिक उत्थानको आधारभूमि। शिक्षण संस्था केवल पाठ्यपुस्तकीय ज्ञान बाँड्ने ठाउँ मात्र होइन, बरु यो समष्टिगत रुपमा एक यस्ता चेतनशील नागरिक उत्पादन गर्ने थलो हो, जसले समाजलाई मार्गदर्शन गर्न सक्छन्। यद्यपि, पछिल्ला केही दशकहरूमा विश्वविद्यालय र क्याम्पसहरू राजनीतिक हस्तक्षेपको दलदलमा फस्दै गएका […]

पूरा पढ्नुहोस्

दिपसन गुरुङद्वारा प्राज्ञिकबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा

दिपसन गुरुङले प्राज्ञिक विद्यार्थी परिषदबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनले दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलनको मुद्दासहित उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय गुरुङ गण्डकी प्रदेशको महत्वपूर्ण क्याम्पस पृथ्वीनारायण क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको परिचय बनाउन सफल छन् । वृद्धि विकास र हकहितको लागि […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्रबाट दिनेश कार्कीकाे उम्मेदवारी घाेषणा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा रचनात्मक विद्यार्थी आन्दोलनमा सकृय विद्यार्थीको वृद्धि विकास र हकहितको लागि लड्ने वर्तमान स्ववियु सह–सचिव दिनेश कार्कीले स्वतन्त्रबाट स्ववियु सभापतिको उम्मेदवार घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकाय र इतिहास विषयमा डबल डिग्री गर्दै आइरहेका दिनेश कार्की विगत १० वर्षदेखि दलगत राजनीतिभन्दा माथि रहेर रचनात्मक विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको नेतृत्व, विकास, […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते हुने चुनावमा सहभागी हुन २५ विद्यार्थी संगठन दर्ता भएका छन् । सोमबार देशभरका क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन र समूह दर्ता भएका समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । त्रिविमा ६२ […]

पूरा पढ्नुहोस्

केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन् : ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’

वीरगञ्ज – भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा ‘बीटेक इन कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ’ को छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी निशान्तकुमार झाले नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार अझै पनि भुल्न नसकेको बताए। केआईआईटीमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फ्रेबुअरी १६ तारिख (फागुन ४ गते) आफू बस्ने होस्टलको कोठामा आत्महत्या गरेसँगै उत्पन्न भएको असहज परिस्थितिले […]

पूरा पढ्नुहोस्