- २३ फाल्गुन २०८१, शुक्रबार ०८:०८
काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यालय युनियनको निर्वाचन राजनीतिक छायामा परेको छ। लामो समयपछि चैत ५ मा देशव्यापी रूपमा स्ववियु निर्वाचनको मिति तोकिएको छ। तर, विगत जस्तो न महत्व पाएको छ, न त आमविद्यार्थीमा आकर्षण नै छ। हुन त, ०६५ सालपछि देशभर स्ववियु निर्वाचन नै हुन सकेको थिएन।
०७३ सालमा उपत्यका भित्रका विश्वविद्यालय र क्याम्पसमा निर्वाचन भए पनि काठमाडौं बाहिरका धेरै क्याम्पसमा चुनाव भएन। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ।
फागुन १९ गते करिब ४ सय क्याम्पसमा विद्यार्थी संगठनले चुनावमा भाग लिनका लागि नाम दर्ता गराएका छन्। फागुन २७ गते उम्मेदवारी दर्ता हुँदै छ। करिब ९ सय कलेजमा निर्वाचन हुनुपर्ने हो तर आधाभन्दा कममा मात्रै विद्यार्थीका संघ–संगठन दर्ता भएका छन्। यसपटक आम विद्यार्थीमा स्ववियु निर्वाचनको खासै चासो पनि छैन। नयाँ पुस्ताका विद्यार्थीलाई विद्यार्थी संघ, संगठनले आकर्षण गर्न सकेका छैनन्।
अर्कातिर विद्यार्थी संगठनहरू सधैं राजनीति दलकाे छत्रछायामा हुर्कि रहेकोले विद्यार्थीहरूकाे र शिक्षा क्षेत्रकाे मूल मुद्दामा केन्द्रीत हुन सकि रहेका छैनन् ।
सधैंव दलकाे भागबन्डामाले पिल्सिएकाे क्याम्पस विश्वविद्यालय प्रशासन र भागबन्डाबाट नियुक्ति भएको क्याम्पस प्रमुखहरू स्ववियु निर्वाचन गराउने ध्यानमा भन्दा पनि जुन पार्टिबाट नियुक्तिमा परेकाे हाे त्यहि पार्टीको भातृ संगठनकाे अनुकुलन हुने अवस्थामा मात्र चुनाव गराउन सकृय देखिन्छन् । तर चुनावलाई वास्तविक रूपमा स्वतन्त्रता विद्यार्थीहरूकाे साझा संगठनकाे रूपमा अगाडि बढाउने पक्षमा खासै उदार भएको भने देखिदैन ।
विद्यार्थी राजनीति, स्ववियु चुनाव र विद्यार्थी संगठन भन्ने वितिकै अराजक, गुन्डागर्दी, झगडा र ताेडफाेकाे मात्र परिचय बनाएकाे दलका संगठनहरूले त्याे गतिविधिलाई आजकाे डिजिटल युगसम्ममा पनि उस्तै रवैयाले सचेत विद्यार्थीहरूकाे नेतृत्व गर्छु भन्ने साेचका साथ अगाडि बढि रहेका छन् । अर्कातिर पुराना र ठूला विद्यार्थी संगठन भन्नेहरूकाे उहीँ पुरानै शैली व्यवहारले गर्दा स्वतन्त्र विद्यार्थीहरू एक भएर दलगत स्वार्थ भन्दा फरक शैलिमा स्वतन्त्र रूपमा ती दलका विद्यार्थी संगठनहरूलाई चुनाैति दिई रहेका छन् ।
देशकाे ठूला क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी समूह र दलभन्दा स्वतन्त्र रहेर काम गर्ने संगठनहरूले यसपटक आफ्नो उम्मेदवारहरू उठाएकाले सधैं अराज, असभ्य र विद्यार्थीकाे मुद्दामा भन्दा पनि पार्टीकै आदेशमा सकृय हुने विद्यार्थी संगठन र तिनका कार्यकर्ताहरूलाई धेरै चुनाैति थपिएको छ । उसाे त नेपालकाे राष्ट्रिय राजनीतिमा पनि स्थानीय तहकाे निर्वाचन पनि स्वतन्त्रकाे लहर जुन किसिमले आएको थियोे । त्यसैगरि नै २०७९ काे स्ववियु निर्वाचनदेखि नै उक्त लहर चल्न थालिसकेको थियोे । २०७९ काे स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थी समुहले त्रिवि केन्द्रीय क्याम्पसमा दुई सदस्य जित हात पारेको थियोे , त्यसैगरी पाटन संयुक्त क्याम्पसमा पनि स्वतन्त्रबाट उठेको उम्मेदवार नै निर्वाचित भएको थियोे यसले विद्यार्थी राजनीतिमा राम्रो संकेत दिएको थियोे ।
यस पटककाे स्ववियु निर्वाचनमा पनि देशकाे ठुला ठुला क्याम्पसहरूमा निर्वाचनकाे प्रकृयाहरू अगाडि बढेसँगै स्वतन्त्र रूपमा विद्यार्थीहरूले आफ्नो उम्मेदवारीहरू घाेषणा गरिसकेका छन् । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी समुहबाट विगतमा पनि स्वतन्त्रबाट स्ववियु सहसचिवमन निर्वाचित दिनेश कार्कीले स्ववियु अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घाेषणा गरेर चुनावी प्रचार प्रसारमा लागेका छन् ।
त्यसैगरि सबै भन्दा धेरै विद्यार्थी विद्यार्थी भएको पाेखराकाे पृथ्वीनारायण क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरूङकाे नेतृत्वमा प्यानल नै बनाएर स्ववियु निर्वाचनमा हाेमिएका छन् । उता पूर्वकाे महेन्द्र माेरङ्ग बहुमुखी क्याम्पसमा विवस कटवालकाे नेतृत्वमा अगाडि बढि रहेका छन् । त्यसैगरि दाङकाे महेन्द्र बहुमुखी क्याम्पस, वीरगन्जकाे ठाकुराम बहुमुखी क्याम्पस, चितवनकाे विरेन्द्र बहुमुखी क्याम्पस , भैरहवा बहुमुखि क्याम्पस, सुदरश्चिमकाे कैलालीस्थिति ऐश्वर्य बहुमुखी क्याम्पस लगायतमा स्वतन्त्र विद्यार्थी समुहकाे जाेडदार उपस्थितिले ठूला विद्यार्थी संगठनहरूलाई चुनाैती थपेको छ । साथै केही स्थानहरूमा स्वतन्त्र विद्यार्थी समुहले जित्ने अवस्था रहेको विद्यार्थीहरूले बताइरहेकाे अवस्था छ ।
एकातिर विद्यार्थी संगठनकाे आन्तिरक किचलाे, टिकट वितरणमा फरक फरक नेताका अनेकौं कार्यकर्ताहरू आकांक्षि देखिनु र तिनलाई उचित व्यवस्था गर्न नसक्नु र समयमा आफ्नो उम्मेदवार घाेषणा गर्न नसक्नुले स्वतन्त्र रूपमा अगाडि बढने विद्यार्थीहरूले सुरुवति दिनदेखि नै आफ्नो उम्मेदवार घाेषणा गरेकाेले विद्यार्थीहरूले छिट्टै उम्मेदवारी चिन्ने माैका पाएकाले दलका संगनका उम्मेदवारकाे भन्दा स्वतन्त्रकाे उम्मेदवार बढि प्रभावि देखिएका छन् ।










प्रतिकृया दिनुहोस्