विश्वविद्यालय शिक्षा
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
फागुन ९ गते । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ । फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता गर्ने, फागुन २१ गते […]
पूरा पढ्नुहोस्
केआईआईटीमा समस्यामा परेका विद्यार्थीले पूर्वाञ्चलमा क्रेडिट ट्रान्सफर गर्न सक्ने
भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न सकिने जनाएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विद्यार्थीहरुलाई अध्ययनको लागि समस्या नहोस भनेर उक्त निर्णय गरेको हो । प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीले आन्दोलन गरेको भन्दै केआईआईबाट विश्वविद्यालयबाट निकालिए पछि नेपाल फर्किएका तथा नेपाल आएर पढ्न चाहेका विद्यार्थीहरूलाई […]
पूरा पढ्नुहोस्
केयूमा आवासीय चिकित्सकको आत्महत्या प्रयासबारे छानबिन सुरु
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) को एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको विषयमा छानबिन सुरु भएको छ । स्कुल अफ मेडिकल साइन्सका डिन डा. मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन (आइतबार) मा आत्महत्याको प्रयास गरेकी थिइन् । ‘औषधिको ओभरडोज रहेछ । धुलिखेलमै उपचार भयो […]
पूरा पढ्नुहोस्
प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह
पोखरा, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग […]
पूरा पढ्नुहोस्
ओडिसाको केआईआईटीले नेपाली विद्यार्थी र जनतासँग क्षमायाचना गर्यो
फागुन ६, काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूसँग भएको दुर्व्यवहारको घटनामा प्रति क्षमायाचना गरेको छ । क्याम्पसका उपकुलपति प्रा। सरनजीत सिंहले इामायाचना पत्र लेख्दै १६ फेब्रुअरी २०२५ को साँझ क्याम्पसमा भएको अप्रिय घटनाबाट आफूहरू स्तब्ध रहेको बताएका हुन् । पत्रमा भनिएको छ- “हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग […]
पूरा पढ्नुहोस्
ओडिशाको विधान सभामा पनि उठ्यो प्रकृतिको न्यायका लागि आवाज
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिशाको विधानसभामा पनि बहस भएको छ। मंगलबार शून्य समयमा विपक्षी दलहरूले राज्यको कानून व्यवस्था संकटग्रस्त भएको भन्दै सरकारलाई घेराबन्दी गरेका थिए। विपक्षी उपमुख्य सचेतक प्रताप देबले केआईआईटी विश्वविद्यालयमा भएको घटनाले ओडिशाको छवि अन्तर्राष्ट्रिय रूपमा नकारात्मक बनेको बताए। यस्तै, कांग्रेस सांसद तारा प्रसाद बाहिनिपतिले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारको निन्दा गर्दै […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीलाई कलेज प्रवेश गराउन दिल्ली दूतावासबाट दुई अधिकारी जाँदै
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन्। विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न र विद्यार्थीहरूलाई कलेजको होस्टेलमा फर्काउन दूतावासका अधिकारीहरू ओडिसा गएका छन्। उनीहरू मंगलबार मध्याह्न १२ बजेसम्म ओडिसा […]
पूरा पढ्नुहोस्
त्रिविमा राेजगारकाे अवसर : त्रिविले माग्यो ५ सय ४० पदका लागि दरखास्त
फागुन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला प्रतियोगिता अन्तर्गत विभिन्न तह र श्रेणी गरी कुल ५ सय ४० पदका लागि आवेदन माग गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक/प्राविधिक पदहरूमा खुला/समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ […]
पूरा पढ्नुहोस्
भारतकाे कीट विश्वविद्यालयले नेपाली विद्यार्थीप्रति गरेको अमानवीय कार्यकाे प्राज्ञिकद्वारा भत्सर्ना
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले भारतकाे उडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू प्रती गरेको अमानवीय कार्यकाे भत्सर्ना गरेको छ । साथै प्रकृति लम्सालकाे मुत्यु प्रकरणलाई निश्पक्ष रूपमा छानवीन गर्न माग गरि घटना प्रती दु:ख व्यक्त गरेको छ । साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे सत्य तथ्य छानबिन गर्न र नेपाली विद्यार्थीहरू प्रती विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम चाल्न भारत तत्पर : भारतीय दूतावास
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम तत्पर रहेको जनाएको छ । दूतावासले एक विज्ञप्तिमार्फत भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू दुवै देशबिचको जनस्तरको सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको जनाएको छ । विज्ञप्तिमा ओडिशाको केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरिएको छ । दूतावासले केआईआईटीका अधिकारीहरूका साथै ओडिशा राज्य […]
पूरा पढ्नुहोस्







