विश्वविद्यालय शिक्षा
अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) नेपाली विद्यार्थीको सुरक्षाका लागि अग्रसर, KIIT को विभेदकारी नीति उजागर
भुवनेश्वर । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) ले नेपाली विद्यार्थीमाथिको अन्यायविरुद्ध आन्दोलन सुरु गरेको छ। ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपश्चात् विरोधमा उत्रिएका नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निष्कासन गरेपछि भारतीय विद्यार्थी संगठनले कलेज प्रशासनविरुद्ध कडा प्रतिक्रिया दिएको […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीको पक्षमा अखिल भारतीय विद्यार्थी परिषद्ले सुरु गर्यो आन्दोलन
अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्ले समन्वय गरेसँगै ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले निकाला गरेपछि नेपाली विद्यार्थीको समर्थनमा उनीहरूले प्रदर्शन गरेका हुन् । नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पुर्याईएको घटनाको […]
पूरा पढ्नुहोस्
केयू उपकुलपतिका लागि १० जना सर्टलिस्टमा
काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा १० जना प्राध्यापक सर्टलिस्ट (संक्षित सूची) मा परेका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सोमबार २० जना आवेदकबाट १० जनाको सूची सार्वजनिक गरेको हो । वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको सूचीमा निमित्त उपकुलपति अच्युत वाग्ले, विज्ञान संकायका डिन कन्हैया झा, सोही संकायका […]
पूरा पढ्नुहोस्
काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरे शैक्षिक गुणस्तरमा असर पर्नसक्छ
काठमाडौं । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्ने बारे चिन्ता व्यक्त गरिएको छ। शिक्षा पत्रकार समाज(सेज)ले आयोजना गरेको काठमाडौं विश्वविद्यालय भित्रका समस्या र अबको बाटो सम्बन्धी संवादमा वक्ताहरूले विश्वस्तरीय मानकको सूचीमा पुर्याउन विश्वविद्यालयलाई अनुसन्धान र सीपमूलक शिक्षालाई जोड दिँदै समुदाय र अहिलेका […]
पूरा पढ्नुहोस्
त्रिवि स्नातक र स्नातकोत्तर तहमा ०५८ देखि अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा ०५८ सालदेखि अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । लामो समयदेखि अनुत्तीर्ण तथा विभिन्न कारणवश स्नातक तह र स्नातकोत्तर तहको पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले आजदेखि उक्त मौका परीक्षाको फारम खुलाएको छ […]
पूरा पढ्नुहोस्
चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन सहमत
काठमडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो । तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए । तर बुधबार […]
पूरा पढ्नुहोस्
त्रिविकोे विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान
काठमाडौँ, २३ माघ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक प्राविधिक पदहरू बढुवा, आन्तरिक तथा खुला समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो । कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसिर २० गतेसम्मको […]
पूरा पढ्नुहोस्
पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव प्रवेश भएको छ । मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको दफावार छलफलमा कांग्रेस सांसद डा. चन्द्र भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई कुलपति बनाउँदा समय दिन नभ्याउने भएकाले पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउन प्रस्ताव राखेका हुन् । ‘परिवर्तन गर्ने हो भने […]
पूरा पढ्नुहोस्
योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण प्रक्रिया सुरु
पूर्वी पहाडी जिल्ला संखुवासभामा बन्न लागेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अघि बढेको छ । विश्वविद्यालय निर्माण प्रक्रिया बारे सोमबार जिल्ला समन्वय समिति संखुवासभाले विश्वविद्यालय परिषद्का अध्यक्ष डा. अर्जुन कार्कीसहित स्थानीयसँग छलफल तथा अन्तक्र्रियाको आयोजना गरेको हो । सो अवसरमा डा. कार्कीले हालसम्म समितिले गरेको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए । डा.कार्कीले आफूमा कार्यकारी […]
पूरा पढ्नुहोस्
त्रिविको प्रिन्सिपलमा प्रा.डा. अक्कलदेव मिश्र नियुक्त
माघ १८, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्राडा अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा.डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो । ‘२० गतेदेखि लागू हुनेगरी पत्र बुझेको छु। आइतबार कार्यालय गएर जिम्मेवारी […]
पूरा पढ्नुहोस्







