विश्वविद्यालय शिक्षा
पिएचडीमा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान
काठमाडौँ , २३ चैत । त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालयले विद्यावारिधि (पिएचडी) कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । कानून संकायद्वारा शैक्षिक वर्ष २०७८/०७९ मा सञ्चालन हुने विद्यावारिधि (पिएचडी) कार्यक्रम अन्तर्गत नयाँ भर्ना भई अध्ययन गर्न इच्छुक उम्मेदवारका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक योग्य उम्मेदवारहरुले यही चैत २५ गते […]
पूरा पढ्नुहोस्
शिक्षामा दलीय राजनीति अन्त्य गर्न निर्मम रूपमा प्रस्तुत हुनुपर्छ : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्मम रूपमा प्रस्तुत हुने बताएकी छन् । आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको प्रमाण भेटिएमा उजुरी दिन आग्रह गर्दै उजुरीलाई कानुनबमोजिम सम्बन्धित निकायमार्फत कारबाही गराइने […]
पूरा पढ्नुहोस्
सुप विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारका लागि परिषद्ले बुझायो ७ बंदे माग पत्र
चैत्र २२, कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारकाे माग गर्दै विद्यार्थी परिषद्ले ७ बुँदे माग पत्र बुझाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम विश्वविद्यालय एकाइ समितिले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, पाठ्यपुस्तकको अभाव, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावासको अभाव तथा परीक्षामा प्रश्नपत्रको माध्यम नेपाली पनि हुनु पर्ने आदि समस्याको समाधानको माग गर्दै […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा ले दिए राजीनामा
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको दिएको घोषणा गरेका हुन्। मङ्गलबार संसद्बाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने भएका छन्। केन्द्रमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश सत्ता साझेदार दल नेकपा ९एमाले० को भागमा परेपछि उनले […]
पूरा पढ्नुहोस्
शिक्षामा राजनीतिकरणकाे अन्त्य गर्ने शिक्षा मन्त्री श्रेष्ठकाे प्रतिवद्धता
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीतिकरणकाे अन्त्य गर्ने बताएकी छन्। देशभर सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन निर्देशन दिएकी हुन्। बाहालवाला शिक्षक कर्मचारी राजनैतिक दलको सदस्य तथा संगठित सदस्य समेत नहुन कडा निर्देशन दिदैँ मन्त्री श्रेष्ठले दलको नेता शिक्षक भएसम्म विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई कानुनले समेत दलको […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस
काठमाडौँ , १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि नाम छनोट गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिको लागि यस अगाडि दरखास्त दर्ता गरेका उम्मेदवारहरू मध्येबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरणका लागि नाम छनोट गरेको हो । सोच पत्र र व्यवसायिक कार्ययोजना […]
पूरा पढ्नुहोस्
अबदेखि परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने त्रिविको निर्णय
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले नेपाली भाषामा पनि प्रश्न पत्र साेध्ने निर्णय गरेको छ । शुक्रबार बसेकाे परिषद्ले बार्षिक परिक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पश्न साेधिने निर्णय गरेको हाे । यस विषयलाई लिएर पछिल्लो समय प्राज्ञिक विद्यार्थी परिषद्ले चरणबद्ध रूपमा ज्ञापन पत्र बुझाउने, धर्ना दिने, त्रिवि पदाधिकारी र प्राध्यापकहरूलाई भेटगरी ध्यानाकर्षण गराउने र आफ्नो शैक्षिक […]
पूरा पढ्नुहोस्
उत्तरपुस्तिका हराएपछि त्रिविले १ वर्षपछि पुनः परीक्षा लिंदै
दुईवटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ । स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा हुने भएको हो । यी दुई विषयको पुनः परीक्षा २१ चैतमा हुने विश्वविद्यालयले जनाएको […]
पूरा पढ्नुहोस्
सल्यानमा पहिलोपटक क्याम्पस प्रमुख महिला
जिल्लामै पहिलोपटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ। वनगाड कुपिण्डे नगरपालिका- ६ सुनौलीबजारमा रहेको वनगाड क्याम्पसमा पहिलोपटक देवकी मल्ल नियुक्त भएकी छिन्। २०६६ सालमा स्थापना भई २०६९ सालमा सम्बन्धन प्राप्त गरेको क्याम्पसले पहिलाेपटक महिलाकाे नेतृत्व पाएकाे हाे। सल्यानमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सात क्याम्पस सञ्चालनमा छन्। सातमध्ये वनगाड क्याम्पसले पहिलोपटक महिलालाई प्रमुखको रूपमा जिम्मेवारी दिएको छ। क्याम्पसको […]
पूरा पढ्नुहोस्
उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ । उक्त विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो । चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई […]
पूरा पढ्नुहोस्







