विश्वविद्यालय शिक्षा
फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव
सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दश जनशक्ति उत्पादन गर्न सक्नेलाई मात्रै विश्वविद्यालयको सम्बन्धन दिनुपर्ने सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले विश्वविद्यालयको संख्या बढाएरमात्रै केही नहुने भन्दै फरक ढङ्गको शिक्षा प्रदान गर्न सक्नेलाई मात्रै सम्बन्धन दिनुपर्ने सुझाव दिएका हुन् । सांसद प्रदीप पौडेलले […]
पूरा पढ्नुहोस्४३ जनामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र
वैशाख ३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारवाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । त्यस्तै अन्य निकायलाई समेत कारवाहीको लागि पठाउने […]
पूरा पढ्नुहोस्
शिक्षा क्षेत्रको बजेट विनियोजन विवरण सार्वजनिक, सुझाव दिन मन्त्रीको अनुरोध
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत विवरण सार्वजनिक गरेकी हुन्। सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकी छन्। ‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै […]
पूरा पढ्नुहोस्
शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण
प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरूले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरूले विश्वविद्यालय […]
पूरा पढ्नुहोस्
शिक्षामा दलीयकरण र भागबन्डा नै अभिशाप : प्रा.डा.विद्यानाथ कोइराला
नेपालको समग्र शिक्षा क्षेत्रको वर्तमान अवस्था शैक्षिक सुधार, आगामी दिशा र वर्तमान नेतृत्वको भूमिका कस्तो हुने भन्ने विषयमा केन्द्रित रहेर शिक्षाविद् प्राज्ञिक व्यक्तित्व प्रा.डा. विद्यानाथ कोइरालाज्यूसँग शैक्षिक संवादको सम्पादित अंश क्रमश …….. नेपालको उच्च शिक्षालाई लिएर समग्र क्षेत्रमा चिन्ता, चिन्तन र बहस व्यापक रूपमा भएको पाइन्छ । यो विषयलाई नेपालको उच्च शिक्षा सुधारमा कसरी हेर्न […]
पूरा पढ्नुहोस्
खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच खेलकुद शिक्षाका लागि सम्झौता
खेलकुद शिक्षा सम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्स, स्नातक, स्नातकोत्तर र विद्यावारिधिका लागि सम्भाव्यताको खोजी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा निमित्त सचिव शिवप्रसाद रेग्मी र काठमाडौं विश्वविद्यालयका उपकुलपति […]
पूरा पढ्नुहोस्
चिनियाँ विश्वविद्यालयको संस्कृत मोह
विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ। यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो। नेसंविका उपकुलपति प्राध्यापक डा यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा वाङडिङ्ग […]
पूरा पढ्नुहोस्
पूर्व उपकुलपति खनियाँ भ्रष्टाचार अभियाेगमा कार्वाहीका लागि सिफारिस
काठमाडौँ । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा तीर्थ खनियामाथि कारबाही गर्न सिफारिस गरेको पाइएको छ । खनियासहित त्रिविका तत्कालीन कार्यकारी परिषद्का पदाधिकारीहरूमाथि समेत कारबाही गर्न सिफारिस गरेको पाइएको हो । कारबाही सिफारिसमा पर्नेहरूमा रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकाय डीन रामप्रसाद खतिवडा, कानुन संकाय […]
पूरा पढ्नुहोस्
अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीसहित ७ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सिफारिस
शिक्षा मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित ७ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सिफारिस गरेको छ । बुधबार शिक्षा मन्त्रालयले अख्तियारका तत्कालीन प्रमुख आयुक्तसहित ७ जनालाई भ्रष्टाचारमा कारबाही गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गरेको हो । चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग-२०७४’को प्रतिवेदन कार्यान्वयनमा लाने निर्णय गरेसँगै सार्वजनिक भएको छ । उक्त प्रतिवेदनले […]
पूरा पढ्नुहोस्
गणित केन्द्रिय विभागद्वारा आयोजित कार्यशाला सम्पन्न
त्रिभुवन विश्व विद्यालय गणित केन्द्रिय विभागद्वारा चैत २२ र २३ गते दुई दिन आयोजित कार्यशाला सम्पन्न भएको छ । कार्यशाला climate Change: Modeling, Mitigation and adaptation विषयक रहेको र गणित केन्द्रिय विभाग सहित जल विज्ञान, मौसम विज्ञान, भू–विज्ञान, रसायन विज्ञान, पर्यावरण विज्ञान र भौतिक विज्ञान केन्द्रिय विभागहरुका बैज्ञानिक तथा शोर्धार्थी करिव १०० जना संलग्न रहेको […]
पूरा पढ्नुहोस्







