विद्यालय

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड

काठमाडौं, ६ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको जनाएको छ । बोर्डले सम्पूर्ण काम सकेर अहिले रुजु गर्ने र भेरीफाई गर्ने काम भइरहेको जानकारी दिँदै नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको जनाएको हो । परीक्षा नियन्त्रण बिष्णु नारायण श्रेष्ठका अनुसार असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने […]

पूरा पढ्नुहोस्

आजै उद्घाटन भएको हिसान एडु फेयर बन्द भएपछि अलमलिए विद्यार्थीहरु

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा बिहीबारै बिहान उद्घाटन भएको हिसान एडु फेयर बन्द गराएको छ। महानगरपालिकासँगको सहमतिविपरीत कक्षा १२ को नतिजा नआई शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै एडु फेयर बन्द गराएको महानगरका प्रमुख बालेन शाहका सचिवालय सदस्य सस्मित पोखरेलले जानकारी दिए। महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको नेतृत्वमा गएको प्रहरी टोलीले हिसान एडु फेयर बन्द गराएको हो। […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयका कर्मचारीद्वारा प्रदर्शन

सामुदायिक विद्यालयका कर्मचारीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आयोजनामा विद्यालयका कर्मचारीले माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनरत कर्मचारीले चक्काजाम गर्न खोजेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ गरेसँगै केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा–सुविधाको विषयमा नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटमा […]

पूरा पढ्नुहोस्

देशभरका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयनको तयारी

सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट  प्रधानाध्यापक छान्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारको योजना छ । भक्तपुरको सूर्य विनायक नगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३० वटा सामुदायिक विद्यालयमा खुल्ला […]

पूरा पढ्नुहोस्

“उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नारका साथ हिसान एडु फेयर जेठ ३२ गतेदेखि हुने

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान/HISSAN) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा हिसान एडुफेयर -२०२३ आगामी जेठ ३२ गतेदेखी हुनेभएको छ। ‘उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराकासाथ आठौं कान्तिपुर हिसान एडुफेयर आगामी जेठ ३० देखि असार ३ गतेसम्म हुने भएको हो। हिसानले एक पत्रकार सम्मेलन आयोजन गर्दै नेपालमै संचालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाले विद्यालयमा लगाएको ताला खोल्यो

काठमाडौं महानगरपालिकाले आफ्नो  प्रमुख प्राथमिकता शिक्षा भएको भन्दै विद्यालयमा लगाएको ताला तोडेको छ। महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्टाटस सहितको भिडियो सार्वजनिक गर्दै ताला खोलेको जानकारी दिएका छन् । हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौ। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो। यदि कुनै विद्यालयले नियमको पालना नगरे […]

पूरा पढ्नुहोस्

पाठ्यपुस्तमा नै गाईलाई गोरु र गोरुलाई गाईको उदाहरणमा प्रयोग

पाठ्यक्रम विकास केन्द्रको लापरबाहीले गर्दा अहिले विद्यालयमा पुगेका नयाँ पाठ्यपुस्तकमा सामान्यदेखि गम्भीर त्रुटि देखा पर्न थालेका छन् । तल्ला कक्षा देखि माथिल्ला कक्षा सम्मका पाठ्यपुस्तकका प्रत्येक पानामा भाषिक अशुद्धता पाँचदेखि १० ओटा देखिनु सामान्य जस्तै भएको छ  विद्यालय तहको पाठ्यपुस्तकमा । सामान्य भाषिक अशुद्धता मात्र होइन गाईलाई गोरु र गोरुलाई गाई भनेर छापिएका पाठ्यपुस्तक समेत […]

पूरा पढ्नुहोस्

नयाँ बानेश्वरदेखि माइतीघरसम्म खाली थाल ठटाउँदै विद्यालय कर्मचारी

काठमाडौँ– सेवासुविधालगायतका आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना जारी राखेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका सेवासुविधा सम्बोधन गरिनेछ भनिए पनि बजेट वक्तव्यमा कुनै पनि सम्बोधन नगरिएपछि कर्मचारीहरू […]

पूरा पढ्नुहोस्

भिरमह बेचेर विद्यालयका शिक्षकलाई तलब

म्यादी –  जेठ। शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नगर्नू : कामपा

काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ । केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि पक्रिया नगर्न महानगरभित्रका सबै […]

पूरा पढ्नुहोस्