महानगरपालिकासँगको सहमतिविपरीत कक्षा १२ को नतिजा नआई शुल्कसहित कलेजहरुको विज्ञापन गरेको भन्दै एडु फेयर बन्द गराएको महानगरका प्रमुख बालेन शाहका सचिवालय सदस्य सस्मित पोखरेलले जानकारी दिए।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको नेतृत्वमा गएको प्रहरी टोलीले हिसान एडु फेयर बन्द गराएको हो।

उक्त एडु फेयर बिहीबार बिहान सभामुख देवराज घिमिरेले उद्घाटन गराएका हुन्।