विद्यालय
एसिया कप हेर्न आज पनि २ बजेपछि विद्यालय बिदा
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ। जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ। ‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र […]
पूरा पढ्नुहोस्
चितवनमा विद्यार्थी परिषद्को शिक्षा कार्यशाला हुदै
भदौ १५, चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बाग्मती प्रदेशको आयोजनामा देशको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला चितवनको भरतपुरमा आगामी सोमबार हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने परिषद्ले […]
पूरा पढ्नुहोस्
संस्कृत र भानु माध्यामिक बिद्यालयको नाम आउने शैक्षिकसत्र देखि दरवार हाइ स्कुल रहने
संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम आउने शैक्षिकसत्र देखि दरवार हाइ स्कुल रहने भएको छ। काठमाडौ माहानगरले दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने निर्णय गरेको हो। काठमाडौ महानगरपालिकाभित्र संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै ‘दरबार हाईस्कुल’ मात्र राख्ने तयारी थालेको छ महानगर शिक्षा बिभागले […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् द्वारा रूपन्देहीको पशुपति माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रुपन्देहीको कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयका एक सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतवार आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सामाग्री वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका शिक्षा महासाखा प्रमुख गंगा राम आचार्य, पशुपति क्याम्पसका क्याम्पस प्रमुख जित बहादुर रास्कोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्चित श्रेष्ठ, परिषद्का […]
पूरा पढ्नुहोस्
विद्यालय तहमै नैतिक शिक्षा र योग शिक्षा पढाउने तयारीमा सरकार
माओवादीले चलाएको १० वर्षे द्वन्द्वकै समयमा विद्यालय तहमा पढाइ हुने नैतिक शिक्षा हट्यो । अहिले फेरि नैतिक शिक्षा पढाउनुपर्ने निष्कर्षतिर सरकार पुग्न थालेको छ । सरकार यतिबेला १६ औँ आवधिक योजना तर्जुमाको तयारीमा छ । १६ औं योजनामै शिक्षासम्बन्धी रणनीतिमा नैतिक शिक्षा समेटिने सम्भावना देखिएको छ । त्यति मात्र होइन सरकारले योग शिक्षालाई पनि विद्यालय […]
पूरा पढ्नुहोस्
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन […]
पूरा पढ्नुहोस्
निर्णायक आन्दोलनको तयारीमा शिक्षक महासंघ, यस्तो छ कार्ययोजना
नेपाल शिक्षक महासंघले सरकारले यस अघिका सहमति कार्यान्वयन नगरेको भन्दै निर्णायक आन्दोलनको तयारीमा रहेको जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै सरकारसँग यस अघि भएका सहमति अनुसार शिक्षा ऐन जारी गर्न माग गरेको हो। महासंघले भदौ ७ गते सबै सरोकार समूह, सरकारका प्रतिनिधि, सांसदहरूसहितको बृहत् अन्तरक्रिया गर्ने जनाएको छ। विधेयकको मस्यौदाको प्रकृति तथा संवाद र पक्षीकरणको […]
पूरा पढ्नुहोस्
कक्षा -१० सम्म दिवा खाजा उपलब्ध गराउने
भदौ ३, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाले दिवा खाजाका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको हाे। संघीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गर्दै आएकाे छ। सरकारले दिने गरेको रकममा शतप्रतिशत […]
पूरा पढ्नुहोस्
सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षकहरूकाे धर्ना
साउन ३२, काठमाडौँ। विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा रुष्ट भएका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बिहीबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा धर्ना दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा आयोजित धर्नामा शिक्षक र कर्मचारीहरूले मन्त्रालयका अधिकारीहरूलाई यसअघि सरकारसँग भएको सहमतिको छायाप्रति पेस गरेर आफूहरूका माग पूरा गर्न दबाब दिएका हुन्। ११ बजे आयोजित धर्ना कार्यक्रम २ […]
पूरा पढ्नुहोस्
गाउँका स्कुलमा शिक्षक अभाव बढदाे
गाउँघरदेखि सहरबजारसम्म शिक्षकहरुको छुट्टै आकर्षण छ । सरकारी तलब सुविधा, समाजमा मानसम्मानजस्ता कारणले शिक्षक बन्न चाहनेहरु धेरै हुन्छन् । तर पछिल्लो समय गाउँका विद्यालयलाई शिक्षक पाउन मुस्किल छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको उदाहरण हेरौं । पालिकाले मंगलबार मावि तहको अंग्रेजी, विज्ञान र गणित शिक्षक पुनः माग गरेको छ । पालिकाका अनुसार अंग्रेजी विषयमा पाँचौ पटक, […]
पूरा पढ्नुहोस्







