विद्यालय
शिक्षक सेवा आयोग प्राविको नतिजा सार्वजनिक
काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले विभिन्न मितिमा परीक्षाको नतिजा सार्वजनिक गरेको हो। गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषय) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ। आयोगले सबै जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ ।
पूरा पढ्नुहोस्
कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक ( हेर्नुस् )
काठमाडौँ । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे परीक्षा तालिका सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
नयाँ नियुक्तिका लागि जिल्ला पठाइएका शिक्षकसँग रकम नउठाउन निर्देशन
फागुन ३, काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षक सेवा आयोगबाट सिफारिस भई पदस्थापनका लागि जिल्ला पठाइएका उम्मेदवारहरूसँग रकम नलिन निर्देशन दिएको छ । केही जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले जिल्लामा नियुक्ति लिन र स्थानीय तह छनौट गर्न जाँदा विविध कारण देखाई जिल्ला शिक्षा समिति कोषमा रकम जम्मा […]
पूरा पढ्नुहोस्
श्रीलंकाले एआइ पाठ्यक्रम लागू गर्ने
काठमाडौँ । श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागू गर्ने भएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा श्रीलङ्काले एआई पाठ्यक्रम लागू गर्ने भएको हो । यसका लागि श्रीलङ्काको मन्त्रिपरिषद्ले स्वीकृति दिएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।
पूरा पढ्नुहोस्
कल्याणीमा बाजागाजासहित अक्षराम्भ तथा सरस्वती पूजा
फागुन २, नुवाकोट । आज देशभर सरस्वती पूजा गरी वसन्तपञ्चमी मनाइएको छ । विद्याकी देवी सरस्वतीको मुर्तिमा पूजा गरेर आजको दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । त्यस्तै बालबालिकाको पहिलो शिक्षा आरम्भ समेत आजैको दिनबाट गर्ने गरिन्छ । सोही क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–८ बाहुनडाँडास्थित श्री कल्याणी देवी माध्यामिक विद्यालयमा पनि धुमधामका साथ सरस्वती पूजा गरिएको छ । […]
पूरा पढ्नुहोस्
विद्यालयको अक्षयकोषमा २३ लाख संकलन
सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा २३ लाख रुपैयाँभन्दा धेरै रकम संकलन भएको छ । विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार आठ सय ८२ रुपैयाँ रकम संकलन गरेको हो। गत असोज २७ गतेदेखि ३६ लाख रुपैयाँ रकम संकलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम संकलन […]
पूरा पढ्नुहोस्
सरस्वती पूजाको दिन प्रशान्ति स्कुलमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ । विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर इमर्जेन्सी हेल्थ केयर कपन सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि […]
पूरा पढ्नुहोस्
लमजुङ क्याम्पसममा दुई विद्यार्थी संगठन बिच झडप , १५ जना घाइते
लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको थियो । झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका हुन् । उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई […]
पूरा पढ्नुहोस्
इटहरीका स्कुलमा टाई हटाएर भादगाउँले टोपी अनिवार्य!
माघ २५, इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। नयाँ शैक्षिक सत्रका लागि निजी तथा सामुदायिक स्कुल सबैका लागि एकैथरी पोशाक लगाउने निर्णय इटहरीले गरेको हो। ‘इटहरीका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने। विद्यालयमा […]
पूरा पढ्नुहोस्
बाल उद्धार माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापकमा मुरारी ढकाल छ्नोट
काठमाडौं । करिब २ वर्षदेखि रिक्त रहेको बाल उद्धार माध्यमिक विद्यालयमा विद्यालयकै शिक्षक मुरारी कुमार ढकाललाई सहायक प्रधानाध्यापकमा छ्नोट गरिएको छ । सहायक प्रधानाध्यापकको लागि खुल्ला गरिएको दरखास्तमा विद्यालयका ७ जना शिक्षकको उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ताको लागि दिईएको समयावधिमा अन्य ५ जना उम्मेदवारले आफ्नो दाबी फिर्ता लिएपछि शिक्षक सतेन्द्र अर्याल र मुरारीकुमार ढकालले […]
पूरा पढ्नुहोस्







