- २९ माघ २०८०, सोमबार २१:२१
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले वसन्त पञ्चमी तथा सरस्वती पूजा २०८० को अवसर पारेर विद्यार्थी तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गर्ने भएको छ ।

विशेष गरी अभिभावकको स्वास्थ्यलाई लक्षित गरेर विद्यालयले निःशुल्क स्वास्थ्य शिविर इमर्जेन्सी हेल्थ केयर कपन सँगको सहकार्यमा सञ्चालन गर्न लागेको हो । रोग लाग्नु अघि नै आफ्नो स्वास्थ्य प्रति आफू सजक रहन र केही समस्या देखिए रोगको पहिचान गरेर निदान गर्न विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक समिर बास्तोलाले जानकारी दिएका छन् ।

वसन्त पञ्चमी तथा सरस्वती पूजामा प्रशान्ति एकेडेमीले अक्षरारम्भ कार्यक्रम गर्दैछ। सोही दिनबाट साना नानीबाबु विद्यालय गएमा धेरै विद्या प्रदान गर्न सकिने जनविश्वास समेत रहेको छ । त्यसै कारण धेरै नेपाली अभिभावक सरस्वती पूजाका दिनबाट विद्यालयमा अक्षरारम्भ गराउने गरेको पाइन्छ










प्रतिकृया दिनुहोस्