विद्यालय
कक्षा १२ को परीक्षा भोलिदेखि
वैशाख १३, काठमाडौं । कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरले अटिजमसम्बन्धी विद्यालय खोल्दै
काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकालाई लक्षित गर्दै यससम्बन्धी विद्यालय खोल्ने तयारी गरेको छ । गत आइतबार महानगरका मेयर बालेन्द्र साहको संयोजकत्वमा बसेको महानगरको शिक्षा समिति बैठकले महानगरकै लगानीमा अटिजमसम्बन्धी विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यालय सञ्चालनका लागि अध्ययन गर्न सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले विद्यालय खोल्ने क्षेत्र, पाठ्यसामग्री, […]
पूरा पढ्नुहोस्
आफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू लिन सकिने
काठमाडौँ । अब देखि आफुलाई चाहिने कक्षा १ देखि १० सम्मकाे आफ्नो बिषय डाउनलोड गरि हेर्न मिल्ने भएको छ । शिक्षा मन्त्रालयले विद्यार्थीहरूलाई सहज हुने गरि आफुलाई चाहिने (कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका) पाठ्यपुस्तकहरू तलका लिङ्कबाट Download गरेर हेर्न सकिने छ । कक्षा १ 1. कक्षा १ नेपाली https://moecdc.gov.np/storage/gallery/1704094300.pdf 2. कक्षा […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरुलाई अपमानित गर्यो : कृष्ण प्रसाद लामिछाने
बुढानिलकण्ठ शैक्षिक मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले नगरपालिकाका निजि तथा संस्थागत विद्यालयहरुमा रहेका सामाग्रीहरु जफत गरेर अपमानित गरेको बताएका छन। शैक्षिक शत्रको सुरुवातमा नगरपालिकाले विद्यालयहरुमा अनुगमन तीव्र बनाएर कपि,पोसाक,पुस्तक लगायतका सामाग्री जफत गर्ने र विद्यालय मै तालाबन्दी गर्ने कार्यलाई अगाडी बढाएपछि प्रतिक्रिया दिदै अध्यक्ष लामिछानेले नीति र विधि बनाएर छलफल गर्नुपर्नेमा अकस्मात छापा हान्ने शैलीमा […]
पूरा पढ्नुहोस्
पारिश्रमिक नबढाए शिक्षकले एसईईको उत्तरपुस्तिका नजाच्ने
शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने बताएका छन्। उनीहरुले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका […]
पूरा पढ्नुहोस्
राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही प्रक्रिया अगाडि बढ्यो
राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारबाही प्रक्रिया अगाडि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ गतेको मन्त्रीस्तरीय […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ नगरपालिकाको निजि विद्यालयलाई कडा निर्देशन , के छ निर्देशनमा ?
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरूलाई कडा निर्देशन जारी गरेको छ। बुढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहको हस्ताक्षरमा जारी निर्देशनमा संस्थागत विद्यालयहरू नियमन गर्न केहि अत्यन्त महत्वपूर्ण बिषयहरु समाबेश गरिएका छन्। निर्देशन अनुसार बिधालय परिसरबाट पुस्तक, स्टेशनरी सामान , झोला लगायत बेच्न प्रतिबन्ध लगाइएको छ भने बिधालयको लोगो बिनाको पोशाक लगाउनु पर्नेछ। […]
पूरा पढ्नुहोस्
काठमाडौंका सामुदायिक विद्यालयमा विद्यार्थी भरिभराउ हुने संकेत
काठमाडौं महानगरपालिका बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयमा थप २५० जना विद्यार्थी भर्ना गर्न सकिने अवस्था छ । भर्ना अभियान पुरा नहुँदै नयाँ ८०० विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् । ‘यो बर्ष २५० जना भर्ना गर्ने क्षमता छ, ८ सय जना विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् ।’ विद्यालयका प्रधानाध्यापक मञ्जु मग्राती भन्छिन्, ‘गएको शैक्षिक सत्रमा विद्यालयमा […]
पूरा पढ्नुहोस्
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै
काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन बन्ने भएको छ । भारत सरकारको सहयोगमा उक्त भवन बन्न लागेको हो । बिहीबार एक कार्यक्रमबिच शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको विद्यालय भवनको शिलान्यास गरेका छन् । भारतीय दूतावासका अनुसार […]
पूरा पढ्नुहोस्
काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (र्याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय […]
पूरा पढ्नुहोस्







