विद्यालय

सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन

झापा- सामुदायिक विद्यालयमा पनि अङ्गेजी माध्यममा पढाइ हुन थालेपछि अभिभावकको आकर्षण बढ्दै गएको छ। झापाको बिर्तामोडस्थित मोहनमाया माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भएपछि बिहानी र दिवा गरी दुई सत्रमा विद्यालयमा पठनपाठन गरिने भएको छ। मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार विद्यार्थी सङ्ख्याअनुसार भौतिक संरचना नहुँदा दुई सत्रमा विद्यालय सञ्चालन गर्नुपरेको बताए। “भर्ना अभियानअन्तर्गत हामीले तीन सय […]

पूरा पढ्नुहोस्

प्रश्नपत्र आउट गरेको अभियोगमा दुई जना पक्राउ

कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। आइतबार भएको सामाजिक विषयको प्रश्नपत्र आउट गर्ने पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका वर्ष ३७ का रामचन्द्र बास्तोलालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो। नाराणण र रामचन्द्रको साथबाट […]

पूरा पढ्नुहोस्

भारत पश्चिम बंगालका २५ हजार बढी शिक्षकको जागिर गुम्यो, पढाइ प्रभावित

भारतको कलकत्ता उच्च अदालतले पश्चिम बंगाल राज्यका २५ हजार ७५३ शिक्षकको नियुक्ति खारेज गरिदिएपछि करिब १३ हजार सरकारी स्कुलको पढाइ प्रभावित भएको छ । पढाइ प्रभावित भएपछि पश्चिम बंगाल सरकार र अभिभावकहरु सर्वोच्च अदालत पुगेका छन् । सो मुद्दामा सोमबार (आज) पेशी तोकिएको छ । उच्च अदालतले सन् २०१६ मा स्कुल सेवा आयोगले शिक्षक भर्नाका […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परिक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा प्रिन्सिपल पक्राउ

बैशाख, १५ गते काठमाडौ । कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् । आफ्ना भाइहरूलाई कक्षा १२ पास गराउनका नक्कली परीक्षार्थी खडा गरेको पाइएको हो । यसअघि नै पासआउट भइसकेका विद्यार्थीहरूको फोटोको दुरुपयोग गरेर प्रिन्सिपल महतले नक्कली परीक्षार्थी खडा गरेर आफ्ना […]

पूरा पढ्नुहोस्

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्र

गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ। तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले आज भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो। कानुनमा तोकिएको भए […]

पूरा पढ्नुहोस्

उदयपुरमा ९४ जना शिक्षकका लागि विज्ञापन खुल्ला

बिभिन्न ठाउँमा शिक्षक अभाव झेलीरहेको उदयपुरमा प्राथमिक तह तृतीय श्रेणीका लागि ९४ जना शिक्षकको विज्ञापन खुल्ला गरिएको छ । शिक्षक सेवा आयोगले शनिबार सूचना सार्वजनिक गर्दै खुल्लातर्फ ५२ जनासहित शिक्षक माग भएको हो । जारी सूचना अनुसार खुल्लापछि सबैभन्दा बढी महिलातर्फ १३ जना शिक्षक माग गरिएको छ । त्यस्तै आदिवासी जनजाति आरक्षणतर्फ ११ जना, दलिततर्फ […]

पूरा पढ्नुहोस्

प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला

१५ वैशाख, काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान […]

पूरा पढ्नुहोस्

आजदेखि कक्षा १२ काे परिक्षा सुरु हुँदै

भक्तपुर  : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ […]

पूरा पढ्नुहोस्

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो । प्रमुख पोखरेलका […]

पूरा पढ्नुहोस्

राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग्यो मन्त्रालयले कार्यसमितिको विवरण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ ।  राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले […]

पूरा पढ्नुहोस्