विद्यालय
अहिंसा एवम् पर्यावरण संरक्षण अभियान समापन
हेटौंडा । श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति मकवानपुरको समन्वयमा भएको अहिंसा एवम् पर्यावरण संरक्षण अभियान समापन भएको छ । छिमेकी देश भारतबाट शुरु भएको अभियान झापा, सुनसरी, विरगन्ज हुँदै हेटौँडामा आएर समापन गरिएको हो । जसमा हेटौंडा१६ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा भक्तजन, हेटौंडा–१६ कै जनप्रिय माध्यमिक विद्यालय, हेटौंडा–२, स्थित सिद्वार्थ माध्यमिक विद्यालय र हेटौंडा–४ […]
पूरा पढ्नुहोस्
शिक्षाकाे गुणस्तर सुधारमा वडा नं ९ को प्रयास :वित्थडचिर गाउँपालिका
बझाङ । वित्थडचिर गाउँपालिका वडा न ९ का सम्पूर्ण बिद्यालयमा वडा स्तरीय परीक्षा संचालन हुने भएको छ । वडा भरका विद्यालयको परिक्षा चुस्त,दुरूस्त, पारदर्शी र परिक्षामा एक रूपता ल्याउन वडा स्तरीय परीक्षा संचालन गर्न लागेको वडा अध्यक्ष हरिश्चन्द्र जोशीले बताउनु भएको छ । यस वर्षदेखि वडा स्तरीय परीक्षा संचालन हुने हुँदा सम्पूर्ण बिद्यालयलाई तयारी अवस्थामा […]
पूरा पढ्नुहोस्
स्याङ्जाकाे जीवनज्योति माविका विद्यार्थीले पठनपाठनसँगै कुखुरापालन गर्दै
वालिङ स्याङ्जामा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन्। त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन्। प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन्। विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको […]
पूरा पढ्नुहोस्उच्चस्तरीय शिक्षक दरबन्दी पुनरावलोकन कार्यदलकाे काम सुरु
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदल आफ्नो काम सुरु गरेको जनाएको छ। पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाको संयोजकत्वमा गठित ५ सदस्यीय उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलमा डा तुलसीप्रसाद थपलिया, अम्विका प्रसाद रेग्मी, रामप्रसाद सुवेदी, उपमहानिर्देशक, शिक्षा तथा मानवश्रोत विकास केन्द्र सदस्य सचिव रहेका छन्। कार्यदलमा काम गर्ने गरी मन्त्रालयका सूचना प्रविधि निर्देशक […]
पूरा पढ्नुहोस्
युनाईटेड क्लब पोखराले विपन्न विद्यार्थी लक्षित छात्रावासको निर्माण गर्ने
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासीय छात्रावास निर्माण गर्ने भएको छ। गरिब विद्यार्थीहरूलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको कार्तिक १० गते सोमबार शिलान्यास गरिएको हो। पोखरा महानगरपालिका २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासीय छात्रावासको सोमबार कास्की क्षेत्र […]
पूरा पढ्नुहोस्
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ। उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक […]
पूरा पढ्नुहोस्
दार्चुलामा शिक्षककाे अभाव हुँदा पठनपाठन अवरुद्ध
सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव हुँदा पठनपाठन अवरुद्ध भएको छ। शिक्षक पदपूर्तिका लागि विद्यालयले पटकपटक विज्ञापन खुलाए पनि आवेदन नपरेपछि पठनपाठनमा समस्या उत्पन्न भएको हो। दार्चुला केदारेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थराज विष्ट दुर्गम क्षेत्रका विद्यालय विषयगत शिक्षक अभावबाट गुज्रिरहेको बताउँछन्। विज्ञान शिक्षकका लागि मंसिर २ गते आइतबार आठौँपटक विज्ञापन खुलाएका विष्ट भन्छन्, ‘दार्चुला आफैँमा विकट जिल्ला […]
पूरा पढ्नुहोस्
२०५६ सालदेखि कक्षा ११ र १२ मा अनुत्तीर्ण भएका विद्यार्थीलाई अन्तिम पटक परीक्षा दिन अवसर
कार्तिक, २३ काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई अन्तिम एकपटक उत्तीर्ण गर्ने अवसर प्रदान गरेको छ। बोर्डले रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ […]
पूरा पढ्नुहोस्
सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुससम्म सक्ने तयारी
काठमाडौं, ६ कार्तिक । पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयको सबै कक्षाको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने गरी अगाडी बढेको जनाएको छ । कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्नका लागि पृष्ठपोषण लिने काम सम्पन्न भइसकेको बताउँदै सो जानकारी दिएको हो । केन्द्रले सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनका लागि अहिलेसम्म रोस्टर […]
पूरा पढ्नुहोस्
बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिने
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने बताएकी छिन् । उनले आज ललितपुरका बाढी प्रभावित विद्यालयको अवलोकनपछि अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् । उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपत् […]
पूरा पढ्नुहोस्







