विद्यालय
काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू
काठमाडौं । चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार दोस्रो चरण आन्दोलनमा काठमाडौंमा शक्ति प्रदर्शन, अवज्ञा तथा अवरोधका कार्यक्रम हुनेछ । आन्दोलन १९ फागुनपछि हुनेछ । अहिले सामाजिक सञ्जालमा लेखेर शिक्षकहरूले विद्यालय शिक्षक ऐन जारी गर्न दबाब दिइरहेका छन् । त्यसैगरी […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयले यस आर्थिक वर्षमा १५ लाख विद्यार्थीलाई छात्रवृत्ति दिँदै, यसरी बाँडिदै छ
चालू आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँ छात्रवृत्ति वितरण गर्ने भएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले गरिब जेहन्दार, दलित, जनजाति, अपाङ्गता, सिमान्तकृत, सडक बालबालिका लगायतका विद्यार्थीलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गर्न गइरहेकाे शिक्षा मन्त्रालयले जनाएको छ । […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा ऐन जारी गर्न नसके पद छाड्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष
शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्। नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन्। ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, […]
पूरा पढ्नुहोस्
डा.ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले सञ्चालन गरेको डा.ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा फाउण्डेसनले गरेको हो । छात्रवृत्तिका लागि माघ १७ देखि फागुन ५ गतेसम्म समय तोकिएको छ । देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै […]
पूरा पढ्नुहोस्
विद्यालय व्यवस्थापन समिति अध्यक्ष वडाअध्यक्षलाई नबनाउन सर्वोच्चको अन्तरिम आदेश (पत्रसहित)
माघ १६, काठमाडौं । सर्वोच्च अदालतले यहि माघ ९ गते अन्तरिम आदेश जारी गर्दै तारकेश्वर नगरपालिकाको शिक्षा (पहिलो संशोधन) ऐन, २०७९ को दफा १४ (क) का व्यवस्था कार्यान्वयन नगर्न तारकेश्वर नगरपालिकालाई आदेश जारी गरेको छ । त्यस्तै अदालतले आदेश जारी गर्दै माघ ९ गतेदेखि बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतको आदेश जारी हुनु नपर्ने कुनै आधार […]
पूरा पढ्नुहोस्
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय […]
पूरा पढ्नुहोस्
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ। पुष २५ गते बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन्। ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौँ’, उनले भनिन्। राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ। हाल […]
पूरा पढ्नुहोस्
निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीको चाप बढ्दो
पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा बजारका निजी विद्यालय छोडेर गाउँमा आउने विद्यार्थीको चाप बढ्दो छ। यस विद्यालयमा झण्डै एक सय बढी विद्यार्थीहरू अहिले अन्य जिल्लाबाट आएर अध्ययनका गरिरहेका छन्। नारायणस्थान गाउँका विद्यार्थीले मात्रै नभई अन्य ठाउँबाट पढ्न आएका बालबालिकाले गणेश माविमा चाप बढेको हो। गत वर्षको तुलनामा यस वर्ष करिब […]
पूरा पढ्नुहोस्
फेसबुक अभियानबाट उठेको रकमले २५५ विपन्न विद्यार्थीलाई न्यानो कपडा
ऐरावती गाउँपालिकाको ४१ वटा सामुदायिक विद्यालयका दुई सय ५५ विपन्न विद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएकाे छ। स्थानीय युवाहरुले सञ्चालन गरेको फेसबुक अभियानबाट उठेको रकमले उनीहरुलाई न्यानो कपडा उपलब्ध गराएका हुन्। देश विदेशका ८३ जना सहयोगी दाताबाट एक लाख २० हजार ४२६ रूपैयाँ रकम सङ्कलन भएको र त्यसबाट न्यानो कपडा खरिद गरेर दुई सय ५५ जना विद्यार्थीलाई प्रतिव्यक्ति एक-एक […]
पूरा पढ्नुहोस्
शिक्षक-कर्मचारीको दोस्रो त्रैमासिक तलबभत्ता निकासा
तनहुँ- भानु नगरपालिकाले नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको दोस्रो त्रैमासिक तलबभत्ता निकासा गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि सरकारको तलबभत्ता खाने सम्पूर्ण शिक्षक-कर्मचारीको मासिक तलबभत्ता नगरपालिकाबाट सिधै सम्बन्धित शिक्षकको व्यक्तिगत बैंक खातामा ट्रान्सफर गर्ने (ईएफटी) भुक्तानी गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। सोको लागि आवश्यक पर्ने वैयक्तिक विवरण तयार गरी सम्बन्धित बैंकबाट खाता […]
पूरा पढ्नुहोस्







