- २८ माघ २०८१, सोमबार ०८:२७
चालू आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँ छात्रवृत्ति वितरण गर्ने भएको छ।
शिक्षा मन्त्री विद्या भट्टराईले गरिब जेहन्दार, दलित, जनजाति, अपाङ्गता, सिमान्तकृत, सडक बालबालिका लगायतका विद्यार्थीलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गर्न गइरहेकाे शिक्षा मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रलयले बाँडन लागेको छात्रवृत्ति यस्तो छ
1)आवासीय छात्रवृत्ति: १२,०६५ विद्यार्थीलाई ६० करोड ३२ लाख। (अपाङ्गता भएका, मुक्त कमलरी, सिमान्तकृत समुदाय, सडक बालबालिका, एचआइभी प्रभावित, वादी समुदायका विद्यार्थीले वार्षिक ५० हजार) ।
2)गैरआवासीय छात्रवृत्ति: १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख। कर्णाली प्याकेज अन्तर्गत कक्षा १-५ मा अध्ययनरत बालिकालाई वार्षिक १ हजार ।
3)दलित छात्रवृत्ति: कक्षा १-५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड ।
4)विपन्न लक्षित छात्रवृत्ति: कुल ६० करोड ।
कक्षा ११-१२ विज्ञान विषयमा वार्षिक २४ हजार । अन्य विषयमा वार्षिक १८ हजार ।
कक्षा ६-१० का लागि वार्षिक ६ हजार ।
5)प्राविधिक शिक्षा छात्रवृत्ति: दलित, मुस्लिम, सिमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख। (मासिक निर्वाह भत्ता तीनहजार पाँचसय, यातायात खर्च वार्षिक एकहजार पाँचसय, पोसाक भत्ता वार्षिक दुईहजार पाँचसय) ।
6)उच्च शिक्षा छात्रवृत्ति:
स्नातक/स्नातकोत्तर तहका सहिद, द्वन्द्वपीडित, मुक्त कमलरी, मुस्लिम महिला, र अपाङ्गता भएका विद्यार्थीलाई वार्षिक २४ हजार।
आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार, प्राविधिक विषयमा २१ हजार।
7)चिकित्सा शिक्षा छात्रवृत्ति: १० हजार ५९४ विद्यार्थीका लागि ५ अर्ब ११ करोड।










प्रतिकृया दिनुहोस्