राष्ट्रिय समाचार

भारतमा मोदी सरकार अझैँ शक्तिशाली बन्दै

एजेन्सी, २७ फागुन । भारतमा पाँचवटा राज्यको विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले महत्वपूर्ण जीत हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुर गरी चार राज्यमा भाजपाले जितेको छ । पञ्जाबमा आम आदमी पार्टीले जितेको छ । भारतको सबैभन्दा बढी जनसंख्या भएको र लोकसभाको बढी सिट संख्या समेत रहेको उत्तर प्रदेशमा भाजपाले लगातार […]

पूरा पढ्नुहोस्

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआर सुबिधा सुरु

 फागुन २८, काठमाडौं । कामना सेवा विकास बैंकद्वारा National Payment Switch अन्तर्गतको NEPAL PAY QR को लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई NEPAL PAY QR सुबिधा प्रदान गर्न सुरु गरेका छन् ।  यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको  ग्राहकहरुलाई QR Payment मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ । NEPAL PAY QR, नेपाल राष्ट्र बैंकले […]

पूरा पढ्नुहोस्

संस्कृत विश्वविद्यालयलाई नवीन शैली र सोचका साथ कार्यक्रम अघि बढाउन जोड

 फागुन २८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गरी आफ्नो हितमा तीनको सार्थक उपयोग गर्नु पर्नेमा जोड दिए । ‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्त्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले […]

पूरा पढ्नुहोस्

मिथिलाञ्चलमा लोप हुँदै जोगिरा सररर…,

फागुन २७, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको […]

पूरा पढ्नुहोस्

नेष्डो समृद्ध लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

फागुन २७, काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन २४ गते, मंगलबार सम्पन्न भइसकेकाे छ । संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ । नेप्सेले संस्थाकाे […]

पूरा पढ्नुहोस्

विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार

लमजुङ 27, तनहुँ  । लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी […]

पूरा पढ्नुहोस्

दशैँ बिदा लम्बियो, हेर्नुहोस २०७९ सालको बिदाहरु

फागुन २७, काठमाण्डाै । सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना निकालेर सार्वजनिक पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ । आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। […]

पूरा पढ्नुहोस्

युपी र उत्तराखण्डमा भाजपाकाे बहुमत , याेगि आदित्यनाथ मुख्यमन्त्री

फागुन २६, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतका दुई राज्यमा विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। नेपालको पश्चिमी सीमासँग जोडिएको उत्तराखण्ड र दक्षिणतिर सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो उत्तर प्रदेशको चुनावी परिणाम आएको हो। निर्वाचनमा दुबै प्रदेशका मुख्यमन्त्री पनि प्रतिस्पर्धामा थिए। तर उत्तर प्रदेशमा जित्दा उत्तराखण्डमा भने पराजित भएका छन्। दुबै प्रदेशमा भारतीय जनताको पार्टीबाट […]

पूरा पढ्नुहोस्

अमेजनले १ कित्ता सेयरलाई २० कित्ता बनाउदै

फागुन २६, काठमाडौं । अनलाइन खुद्रा कम्पनी अमेजाेनले सेयर  १ कित्ता सेयरलाई २० कित्ता बनाउने भएको छ ।  अमेजाेनकाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले सेयर स्पिल्ट गर्ने घाेषणा गरेकाे हाे । अमेजाेनले १ कित्ता सेयरलाई २० कित्ता बनाउन लागेकाे हाे । अर्थात् कम्पनीकाे १ कित्ता सेयर भएका सेयरधनीले स्पिल्टपछि २० कित्ता सेयर प्राप्त गर्नेछन् । स्टक […]

पूरा पढ्नुहोस्

धनुषाका निराजन साह उत्कृष्ट

  काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा ५ विदेशीसहित ६ हजार ८ सय ४ जना उत्तीर्ण भएका छन् । प्रवेश परीक्षामा १० हजार ५ सय ७३ जना सहभागी थिए । संस्थानका सहायक डिन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार प्रवेश परीक्षामा ६ जना विदेशी सहभागी भएकामा पाँच […]

पूरा पढ्नुहोस्