- २६ फाल्गुन २०७८, बिहीबार १५:२५
फागुन २६, काठमाडौं । अनलाइन खुद्रा कम्पनी अमेजाेनले सेयर १ कित्ता सेयरलाई २० कित्ता बनाउने भएको छ । अमेजाेनकाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले सेयर स्पिल्ट गर्ने घाेषणा गरेकाे हाे ।
अमेजाेनले १ कित्ता सेयरलाई २० कित्ता बनाउन लागेकाे हाे । अर्थात् कम्पनीकाे १ कित्ता सेयर भएका सेयरधनीले स्पिल्टपछि २० कित्ता सेयर प्राप्त गर्नेछन् ।
स्टक स्पिल्ट गरेपछि अमेजाेनकाे सेयर संख्या १९ गुणाले बढ्नेछ । अमेजाेनले सेयर स्पिल्ट गर्न लागेकाे याे चाैथाे पटक हाे । यसअघि कम्पनीले पहिलो पटक सन् १९९७ मा स्टक स्पिल्ट गरेको थियो । सन् १९९८ मा पनि कम्पनीले एउटा सेयरलाई ३ कित्ता बनाएकाे थियाे । त्यस्तै सन् १९९९ मा पनि कम्पनीले एउटा सेयरलाई दुई कित्ता पारेको थियो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्