प्राविधिक शिक्षा

भर्ना अवरुद्ध भएका नर्सिङ कलेजलाई सञ्चालन गर्न दिन निर्देशन

काठमाडौँ , ७ माघ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भर्ना अवरुद्ध भएका नर्सिङ कलेजहरूलाई यथावत् रूपमा सञ्चालन गर्न दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । डेन्टलतर्फका कार्यक्रमहरू पूर्ववत् सुचारु रहनु तर नर्सिङ तर्फ भर्ना अवरुद्ध हुनु अव्यावहारिक देखिएको भन्दै निर्देशन सञ्चालनका लागि निर्देशन दिएको हो । सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर […]

पूरा पढ्नुहोस्

सीटीईभीटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

पूरा पढ्नुहोस्

सिटिइभिटी डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक

कार्तिक १५ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहका नियमित तथा आंशिक परीक्षा- २०८० को परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषदका आङ्गिक, साझेदारी, टेक्स र निजी स्तरमा सञ्चालित शिक्षालयहरूका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल साइन्स (डेन्टल हाइजिन), सामान्य चिकित्सा आयुर्वेद, […]

पूरा पढ्नुहोस्

विद्यार्थी नै नभएपछि हुम्लाको एकमात्र इन्जिनियरिङ स्कुल बन्द हुने अवस्थामा

सिमकोट- डिप्लोमा सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन हुने जिल्लाको एउटा मात्र विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना नै नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। जिल्लाको सिमकोट गाउँपालिका- ६ मा रहेको मानसरोवर नमुना माध्यामिक विद्यालयमा भर्ना खोले पनि विधार्थीहरू नआउँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना कार्य नभएको हो। उक्त विद्यालयमा प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा […]

पूरा पढ्नुहोस्

प्राविधिक विषयका विद्यार्थी नहुँदा पठनपाठन बन्द

रामेछाप । कुनै बेला प्राविधिक विषय अध्यापन गर्ने विद्यालयको नामले चिनिएको रामेछापको सदरमुकामस्थित मन्थली माविमा यो वर्षदेखि व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको प्राविधिक विषय अध्यापन गराउने कक्षा बन्द भएको छ । यस वर्ष उक्त विषयमा अध्ययनका लागि एक जना विद्यार्थीले पनि विद्यालयमा सम्पर्क गरेनन् । कम्तीमा १० जना नभएसम्म कक्षा सञ्चालन नगर्न माथिल्लो निकायबाट […]

पूरा पढ्नुहोस्

माग सम्मबाेधन नहुँदै धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाइयो : सुलभ चापागाईं ( भिडियो सहित )

भदौ १४, काठमाडौं ।  इन्जिनियरिङ अध्ययन संस्थान IOE ले  वृद्धि गरेकाे शुल्क वृद्धिकाे विरोध र शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अनसन बसेका सुलभ चापागाईंले आफुलाई डर र धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाएकाे रहस्य खाेलुका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र केही विद्यार्थी नेताहरूले राति जबरजस्ती डर देखाएर धर्काएर अनसन ताेडन लगाएको उनी  स्वयंमले बताएका […]

पूरा पढ्नुहोस्

इन्जिनियरिङको शुल्क ८ लाख पुर्‍याउने निर्णयको विरोधपछि २५ भदौमा हुने प्रवेश परीक्षा स्थगित

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तहमा बढाएको शुल्क फिर्ता माग राख्दै विद्यार्थी युनियनहरू विरोधमा उत्रिएपछि शैक्षिक सत्र २०८०/८१ को प्रवेश परीक्षा प्रभावित भएको छ । संस्थानले  जारी विरोध प्रदर्शनका कारण २५ भदौका लागि तय भएको प्रवेश परीक्षा स्थगित गरेको हो । संस्थानले प्रवेश परीक्षा सम्बन्धी भदौ १९ पछिका सम्पूर्ण गतिविधि अर्को सूचना प्रकाशित नभएसम्मका […]

पूरा पढ्नुहोस्

सीटीईभीटीमा विद्यार्थीको अनिकाल

सरकारले रोजगार बढाउने गरी प्राविधिक शिक्षामा जोड दिँदै आएको छ। तर, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतका प्राविधिक विषयको अवस्थालाई हेर्ने हो भने यस क्षेत्रमै विद्यार्थी अभाव देखिएको छ । सीटीईभीटीको प्रमाणपत्र तह इन्जिनियरिङ र कृषि वन विषयमा ३३ हजार ७ सय भर्ना क्षमता रहेकोमा ३५ प्रतिशत विद्यार्थीले मात्र प्रवेश परीक्षा दिएका छन् । […]

पूरा पढ्नुहोस्

वर्षमा मुलुकभर २२८ प्राविधिक शिक्षालय बन्द

साउन २७, काठमाडौं ।  विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभर २२८ प्राविधिक शिक्षालय बन्द भएका छन्।   शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन्। आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपैयाँ बराबरको […]

पूरा पढ्नुहोस्

प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग

टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ । सो संस्थाले आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै उक्त माग राखेको हो । संस्थाले केही दिनअघि शिक्षामन्त्री अशोक राईलाई पनि ज्ञापनपत्र दिएको थियो । विसं २०७० देखि […]

पूरा पढ्नुहोस्