धर्म संस्कृत/पर्यटन

७ दिने होमस्टे ब्यबस्थापन तालिम बित्थडचिर गाउँपालिकामा सुरू

फागुन २५, बझाङ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रबि भवन, कालिमाटी, काठमाडौको आयोजना र बित्थडचिर गाउँपालिकाको सहकार्यमा ७ दिने होमस्टे ब्यवस्थापन तालिम सुरू भएको छ । बिहीबार औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको तालिममा गाउँपालिकाका विभिन्न बडाहरूबाट ३१ जना व्यक्तिहरूकाे सहभागी रहेकाे गाउँपालिकाका प्रवक्ता […]

पूरा पढ्नुहोस्

राजधानीमा सभ्य बन्न थाल्यो फागुपूर्णिमा (होली) पर्व, यस्तो छ होलीको किंवदन्ती 

फागुन २२, काठमाडौँ ।  शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने […]

पूरा पढ्नुहोस्

संस्कृति बोध गराउन हजारौँको संख्यामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा

हिन्दू स्वयंसेवक संघ नेपालले संस्कृति बोध गराउन हजारौँको संख्यामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा अयोजना गरेको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडीखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रम आयोजना गरिएको हो। बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौंका विद्यालयहरूबाट पाँच हजार विद्यार्थी सहभागी […]

पूरा पढ्नुहोस्

संस्कृति बोध’ गराउन ज्ञान परीक्षा आयोजना गरिँदै

काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले विद्यार्थीहरूमा संस्कृति बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ आयोजना गर्ने भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले यही फागुन १२ गते, शुक्रवारका दिन काठमाडौंको टुँडीखेलमा कार्यक्रम आयोजना गरिने भएको हो । उपत्यकाका विभिन्न विद्यालयबाट सहभागिता जनाउन आएका विद्यार्थीहरूको परीक्षा र विविध […]

पूरा पढ्नुहोस्

आज ग्याल्पो ल्होसार

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्पो ल्होसार […]

पूरा पढ्नुहोस्

आराध्यदेव महादेवको पूजा आराधनागरि महाशिवरात्री पर्व भव्यरुपमा मनाइयो

काठमाडौं- महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइएको छ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको थियो । नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको ठूलो भिड लाग्यो । बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि […]

पूरा पढ्नुहोस्

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

काठमाडौं : यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ। सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन हुनेछन्। महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र […]

पूरा पढ्नुहोस्

महाशिवरात्री

  “शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम् । आचाण्डाल मनुष्याणां भुक्तिमुक्ति प्रदायकम् ॥” सत्य शिव हो र शिव नै सुंदर हो। त्यसैले भगवान आशुतोषलाई ‘सत्यम् शिवम् सुंदरम्’ पनि भनिन्छ। महाशिवरात्रिका दिन भक्तजनहरु जप, तप तथा व्रत राख्ने गर्दछन् र यस दिन भगवान को शिवलिंग रूपमा दर्शन गरिन्छ। यस पवित्र दिनमा देशको हरेक शिवालयहरुमा बेलपत्र, धतूरा, दूध, […]

पूरा पढ्नुहोस्

महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था

काठमाडौं, ३ फागुन । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो […]

पूरा पढ्नुहोस्

महाशिवरात्रिको अवशरमा पुरी शंकराचार्यको पशुपतिनाथमा विशेष कार्यक्रम

यस वर्ष महाशिवरात्रिको अवसर पारेर अनन्त विभूषित ऋग्वेदीय पूर्वाम्नाय श्रीगोवर्द्धनमठ-पुरीपीठाधीश्वर श्रीमज्जगद्गुरुशङ्कराचार्य स्वामीश्रीनिश्चलानन्द सरस्वती जी महाराजको आगमन हुने भएको छ । पशुपतिनाथ क्षेत्र विकाश कोषको प्रमुख आयोजना तथा शंकराचार्य मठ, पशुपतिनाथको सह-आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । भूकम्पबाट क्षतिग्रस्त बनेको पशुपतिनाथस्थित एक प्राचिन मन्दिरको पुननिर्माण भएको र सो मन्दिरको प्राण प्रतिष्ठासहित अनावरण शंकराचार्यको आगमनको अवसर […]

पूरा पढ्नुहोस्