- २५ फाल्गुन २०७९, बिहीबार १९:४३
फागुन २५, बझाङ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रबि भवन, कालिमाटी, काठमाडौको आयोजना र बित्थडचिर गाउँपालिकाको सहकार्यमा ७ दिने होमस्टे ब्यवस्थापन तालिम सुरू भएको छ ।
बिहीबार औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको तालिममा गाउँपालिकाका विभिन्न बडाहरूबाट ३१ जना व्यक्तिहरूकाे सहभागी रहेकाे गाउँपालिकाका प्रवक्ता हरिस चन्द्र जाेसीले बताए ।
कार्यक्रमको सभापति तालिम संयोजक, प्रशिक्षक समिक शर्मा र प्रमुख अतिथि बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलछ्मी मल्ल, विशिष्ट अतिथि बित्थडचिर गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशी रहेका थिए ।
कार्यक्रममा बोल्दौ गाउँपालिका प्रवक्ता हरिश्चन्द्र जोशीले बित्थडचिर गाउँपालिकाको सांस्कृतिक ,पर्यटकीय क्षेत्रको विकासको लागी होमस्टे तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए तालिम कार्यक्रममा अतिथी सत्कार, सरसफाई, रैथाने खाना पकाउने, सांस्कृतिक कार्यक्रम, पाहुनालाई हाइकिङ गराउने, पाहुनाको स्वागत÷विदाई पर्यटनको
परिचय, होमस्टे व्यवस्थापन र सञ्चालन, स्वास्थ्य समस्या, खाद्य तयारी, उत्पादन प्रयोग र संरक्षण, पकाउने विधि आदिका विषयमा प्रशिक्षण दिने तालिम संयोजक, प्रशिक्षक समिक शर्माले बताए ।

बित्थडचिर गाउँपालिकाको बित्थड नयाँ गन्तव्यको रुपमा पहिचान बन्ने बित्थडचिर गाउँपालिकाका उपाध्यक्ष धनलछ्मी मल्लले बताए ।










प्रतिकृया दिनुहोस्