धर्म संस्कृत/पर्यटन

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

खप्तड, २३ जेठ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज (मंगलबार) उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे । खप्तडको विकासका लागि […]

पूरा पढ्नुहोस्

पाथीभरामा १०० दिनमा आम्दानी ६६ लाख बढी भेटी संकलन

पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ […]

पूरा पढ्नुहोस्

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिंदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर मन्दिरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्स सुरू

काठमाडौं ७, जेठ  । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब  २०८०  आज बाट शुरु हुने भएको छ । श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांङगीण विकास समन्वय समिति गोकर्णेश्वर- ४ को आयोजनामा २०८० साल जेठ ७ गते आजदेखि  १७ गते सम्म गोकर्णेश्वर महादेव […]

पूरा पढ्नुहोस्

तिलौराकोट र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा

५ जेठ, काठमाडौं । सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तहकाे नतिजा प्रकाशन (नतिजा हेर्नुस् )

वैशाख २९, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले 4 yrs BBS 3rd Year 2078 को नतिजा सार्वजनिक भएको छ ।  www.tuexam.edu.np मार्फत र 4BBS(Space)symbol number टाईप गरी 33624 मा SMS मार्फत हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्

“महाभारत” मा आधारित फिल्म बनाउँदै एसएस राजामौली

वैशाख २८, काठमाडौं । भारतीय निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म ‘आरआरआर’ लाई लिएर चर्चामा छन्। यो फिल्मको ‘नाटु नाटु’ गीतले मौलिक विधामा अस्कर अवार्ड जितेसँगै उनको चर्चा चुलिएको छ। दर्शकहरू उनको आगामी फिल्म कुन हुन्छ भनेर प्रतीक्षा गरिरहेका छन्। भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार उनी ‘महाभारत’ मा आधारित फिल्मको तयारीमा छन्। उनले एक अन्तर्वार्तामा […]

पूरा पढ्नुहोस्

विपश्यनामा ध्यान गर्न नेपाल आए बलिउड अभिनेता आमिर खान

बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्। नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन्। बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा खानले ११ दिन समय विताउने कार्यतालिका रहेको छ।

पूरा पढ्नुहोस्

रेसुंगा धार्मिक महोत्सव : त्रेता यूगदेखिको रेसुंगा-अयोध्या सम्बन्ध

गुल्मीको रेसुंगामा धार्मिक महोत्सव सुरु भएको छ। अयोध्यादेखि रेसुंगासम्मको सम्बन्ध विस्तारको लागि शनिबारबाट श्रीराम महायज्ञ कथा बाचन महामहोत्सव तथा बिराट सन्तभक्त दर्शन सुरु भएको छ। मेलाको विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीले उद्घाटन गरे। धार्मिक महोत्सव तथा सन्त सम्मेलन ३१ बैशाखसम्म सञ्चालन हुने रेसुंगा संरक्षण समितिले जनाएको छ। रेसुंगाको सम्बन्ध त्रेता यूगदेखि अयोध्यासँग […]

पूरा पढ्नुहोस्

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

२२ वैशाख, काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । […]

पूरा पढ्नुहोस्