धर्म संस्कृत/पर्यटन
स्वयंसेवक संघको २० दिने प्रशिक्षण वर्ग सम्पन्न
सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ। देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष […]
पूरा पढ्नुहोस्
बौद्धनाथ क्षेत्र विकासद्वारा कुमारी मन्दिर संरक्षण समितिलाई साउण्ड सिष्टम तथा माइक हस्तान्तरण
असार ०६, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल पानी ट्यांकी स्थित कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाई आवश्यक स्पिकर, साउण्ड सिष्टम तथा माइक हस्तान्तरण गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा कुमारी माता मन्दिर संरक्षण तथा भजन समितिलाइ भजन तथा अन्य कार्यक्रम प्रयोजनार्थ करिब १ लाख ४० हजार रुपैया […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वडा नं १० ले ‘योग उत्सव’ आयोजना गर्ने
वसुधैव कुटुम्बकमका लागि योग’ भन्ने मुल नाराका साथ बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा असार ६ गते (भोलि) अन्तर्राष्ट्रिय योग दिवस (योग उत्सव ) मनाउन लागिएको छ । उक्त अवसरमा नगरपालिकाको विभिन्न स्थानबाट बिहान ५ः २० बजे कार्यक्रम स्थाल कप-अन फुटसल, बालुवाखानी आइपुग्ने बिहान ५ बजेबाट शान्तिर्याली प्रारम्भ हुन लागेको आयोजकले जनाएका छन् । कार्यक्रममा शान्तिर्याली […]
पूरा पढ्नुहोस्
हिन्दू स्वयंसेवक संघद्वारा सप्तरीकाे भारदहमा पथ सञ्चालन
असार २, सप्तरी । हिन्दू स्वयंसेवक संघ नेपालले पथ सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि सप्तरीकाे भारदहमा सञ्चालन भइरहेको संघ शिक्षा वर्ग पथम बर्षकाे प्रशिक्षणकाे चरणमा शनिबार देशभरबाट उपस्थिति भई प्रशिक्षण लिइरहेका स्वयंसेवकहरूलाई एउटै गणभेषमा भारदह बजारमा सामुहिक पथ सञ्चालन गरि नगर परिक्रमा गरेकाे हाे । संघका स्वयंसेवकहरूलाई वैदिक ज्ञान, संस्कार, हिन्दु संस्कृति, बाैद्विक […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै
तुलसीपुर, असार १ गते । नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ । विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाका अनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउन त्यस्ता कृतिलाई वेबसाइटमा राख्ने तयारी गरिएको छ । उहाँले विद्यावारिधिका सन्दर्भमा संस्कृत विश्वविद्यालयबाट उत्पादित जनशक्ति निकै […]
पूरा पढ्नुहोस्१२ वर्षपछि संस्कृत विश्वविद्यालयमा दीक्षान्त समारोह
नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षपछि बुधबार पाँचौं दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयका पदाधिकारीहरूबीच समन्वय अभाव, विभिन्न समयमा भएका आन्दोलन, हडताल, तालाबन्दी र कोरोना संक्रमणका कारण समयमा दीक्षान्त समारोह हुन सकेको थिएन । लामो प्रयासपछि मात्र यस वर्ष दीक्षान्त समारोह सम्पन्न गर्न सम्भव भएको विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेले बताए हालसम्म विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, […]
पूरा पढ्नुहोस्
भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदा पुनःनिर्माण
२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ। चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । 16 वटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन। भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द […]
पूरा पढ्नुहोस्
मन्दिरै मिन्दरको शहर ललितपुर बन्दै चर्च नै चर्चको शहर
ललितपुर, ३१ जेठ । देशमा चर्चहरु च्याउ उम्रिए सरह बढेका छन् । सबैभन्दा बढी ललितपुरमा चर्चको संख्या बढेको छ । राष्ट्रिय क्रिश्चियन महासंघले ललितपुरमा मात्र झण्डै ३ हजार चर्च रहेको जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा चर्चको संख्या अत्याधिक छ । २०७० सम्म काठमाडौंमा १८७ वटा मात्र चर्च थिए । अहिले बढेर चार हजार नाघेको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको पशुपतिनाथ दर्शन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा […]
पूरा पढ्नुहोस्
नेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षपछि दीक्षान्त समारोह हुँदै
नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्ने भएको छ । २०६८ सालदेखि रोकिएको दीक्षान्त समारोह १२ वर्षपछि विश्वविद्यालयमा हुन लागेको हो। विश्वविद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दै जेठ ३१ गते दीक्षान्त समारोह गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ। हरेक वर्ष विश्वविद्यालयबाट उतीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्र सहित दीक्षित गराउनुपर्ने भए पनि दीक्षान्त समारोह हुनसकेको थिएन। […]
पूरा पढ्नुहोस्







