- ५ असार २०८०, मंगलवार १३:४०
वसुधैव कुटुम्बकमका लागि योग’ भन्ने मुल नाराका साथ बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा असार ६ गते (भोलि) अन्तर्राष्ट्रिय योग दिवस (योग उत्सव ) मनाउन लागिएको छ ।
उक्त अवसरमा नगरपालिकाको विभिन्न स्थानबाट बिहान ५ः २० बजे कार्यक्रम स्थाल कप-अन फुटसल, बालुवाखानी आइपुग्ने बिहान ५ बजेबाट शान्तिर्याली प्रारम्भ हुन लागेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा शान्तिर्याली सहित योग उत्सवको प्रयोगात्मक अभ्यास बिहान ५:३० बाट प्रारम्भ हुने भएकोले नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराईद्वारा योग प्रेमी सम्पुर्णमा निमन्त्रणा गर्नुभएको छ।
शान्तिर्यालीको रुटः
१. योग प्रेमी परिवारको बंगलामुखी मन्दिरमा भेला भएर कपन राममन्दिर मनकामना मन्दिर साप्रेढुंगा पुलहुँदै कार्यक्रम स्थल तर्फ जाने ।
२. महिला पतन्जलि योग समिति नेपालको मिलनचौक पार्टी भेन्यूमा भेला भएर सिद्धेश्वर मन्दिर, पञ्चकन्या चौक, आकासेधारा हुँदै कार्यक्रम स्थल तर्फ जाने ।
३. सिद्धेश्वर योग साधना केन्द्रको १० नं वडा कार्यालयमा भेला भई आकासेधारा, प्रहरी बिट मितेरी पुल, भुर्तेल चौक, एकताबस्ती, ज्योतिनगर हुँदै कार्यक्रम स्थल तर्फ ।
४. जीवन विज्ञान तथा पतन्जलि योग समितिका मित्रहरु निखिलेश्वर मन्दिर अघि भेला भएर बालुवाखानी चौक हुँदै कार्यक्रम स्थल तर्फ जाने ।











प्रतिकृया दिनुहोस्