- ७ जेष्ठ २०८०, आईतवार ०८:३९
काठमाडौं ७, जेठ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सब २०८० आज बाट शुरु हुने भएको छ ।
श्री गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांङगीण विकास समन्वय समिति गोकर्णेश्वर- ४ को आयोजनामा २०८० साल जेठ ७ गते आजदेखि १७ गते सम्म गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कथा वाचक श्री इश्वरकृष्ण महाराजको मुखारविन्दबाट बाट संगीतमय कथा वाचनहुने उक्त कार्यक्रममा सहभागी भई श्री शिवमहापुराण कथा अमृतपानका साथै स्वर्णमय जलाधार स्नान गरि जीवनलाई सार्थक बनाउन समेत आयोजकले अनुरोध गरेको छ ।
जीवनलाई सार्थक बनाउन समेत आयोजकले अनुरोध गरेको छ ।
साथै उक्त श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सबको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । उक्त श्री शिवमहापुराण तथा बृहत गोकर्णेश्वर धार्मिक महा-हर्षोत्सबको सरिता रिसालको संयोजकत्वमा महिला परिचालन समिती समेत गठन गरिएको छ ।











प्रतिकृया दिनुहोस्