धर्म संस्कृत/पर्यटन

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी […]

पूरा पढ्नुहोस्

हिन्दु समुदायमाथि निरन्तर आक्रमणको घटना

असोज १५, काठमाडौँ । सत्य राम, केही समययता देशका विभिन्न भागमा हिन्दुविरोधी गतिविधिहरू नियोजित रूपमा चर्काइएको छ । धरानमा गाई, गोरु काटेर खाने, हिन्दुका चाडपर्व र शोभायात्रालाई लक्षित गरी ढुंगा हान्ने, हिन्दु पुजारीमाथि बर्बर आक्रमण गर्ने, विश्वकर्माको मूर्ति विसर्जन यात्रापछि घर फर्कदै गरेका हिन्दु युवामाथि नियोजित रूपमा भएको चक्कु प्रहार जस्ता घटनाले विधर्मीहरूको अतिवाद बढिरहेको […]

पूरा पढ्नुहोस्

छिन्नमस्ता मन्दिरमा दैनिक महागंगा आरती

राजविराज ।  प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शुक्रबार साँझबाट महागंगा आरती सुरु भएको छ । मन्दिर अगाडि रहेको पोखरीमा महागंगा आरती सुरु गरिएको हो । दैनिक साँझ ७ बजे महागंगा आरती गर्ने तयारी गरिएको पिठाधिस महाकान्त ठाकुरले बताए । आरती कार्यका लागि पाँच जनालाई भारतको वनारसबाट प्रशिक्षित गराएर ल्याइएको छ । महागंगा आरतीको सुरुआतले छिन्नमस्ता मन्दिरमा थप […]

पूरा पढ्नुहोस्

जलहरी काण्ड : पूर्व र हालका सदस्यसचिवसहित तीनविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पूर्व र हालका सदस्यसचिवसहित तीनविरुद्ध एक करोड १७ लाख बिगो दाबी गर्दै पशुपति क्षेत्र विकास कोषको जलहरी काण्डको मुद्दा दायर गरेको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष […]

पूरा पढ्नुहोस्

पोखरामा भारतीय धार्मिक पर्यटकको भीडभाड

कास्की ।  शनिबार बिहान पोखराको लेकसाइड भरिभराउ थियो । बाजागाँजा र झाँकीसहित निस्किएको भारतीय पर्यटकको लस्करले लेकसाइडमा सवारी आवागमन ठप्प पारेको थियो । आन्तरिक पर्यटकलाई ओहोरदोहोर गर्न पनि हम्मे थियो । स्ट्रिट नम्बर १७ मझेरी रिसोर्टबाट निस्किएको र्‍याली हल्लनचोक हुँदै तालबराही मन्दिर पुगेको थियो । भारतीय धार्मिक पर्यटकको लर्कोले फेवाताल किनार पनि भरिभराउ थियो । तालमा डुंगा […]

पूरा पढ्नुहोस्

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ […]

पूरा पढ्नुहोस्

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्। काठमाडौं महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। महानगरका प्रवक्ता नवीन मानन्धरले दुबै देशबाट २२ जना पाहुना आउने बताए। अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाहुना आउने उनको भनाइ छ। जात्राको गरिमालाई […]

पूरा पढ्नुहोस्

धनगढीले १९० जना जेष्ठ नागरिकलाई पठायो मुक्तिनाथ तीर्थयात्रामा

जीवनभर घरधन्दामै सिमित जेष्ठ नागरिकलाई धनगढी उपमहानगरपालिकाले तीर्थयात्रामा पठाएको छ। आज धनगढी उपमहानगरपालिकाले नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो। नगर प्रमुख गोपाल हमाललगायत जनप्रतिनिधिले टीका र खादा लगाएर जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि कार्यालय प्रांगणबाट बिदाइ गरेका हु्न। उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन्। ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ […]

पूरा पढ्नुहोस्

तीजमा कुर्ता र साडीमा सजिए विदेशी महिला

काठमाडौं— हरितालिका तीज पर्वको अवसरमा विदेशी महिला कुर्ता र साडीमा सजिएर रमाइलो गरेका छन् । तीजको दिन सोमबार पशुपतिनाथ मन्दिरमा परिसरमा उनीहरू कुर्ता र साडीमा सजिएर रमाइलो गरेका हुन् । हिन्दु नारीहरूले सोमबार हर्षोल्लासका साथ तीज मनाइरहेका छन् । उनीहरुले आइतबार राति दर खाएर सोमबार व्रतबसी शिव भगवानको पूजाआजा गरेका छन् ।

पूरा पढ्नुहोस्

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती […]

पूरा पढ्नुहोस्