- १५ आश्विन २०८०, सोमबार २०:१८
असोज १५, काठमाडौँ । सत्य राम, केही समययता देशका विभिन्न भागमा हिन्दुविरोधी गतिविधिहरू नियोजित रूपमा चर्काइएको छ । धरानमा गाई, गोरु काटेर खाने, हिन्दुका चाडपर्व र शोभायात्रालाई लक्षित गरी ढुंगा हान्ने, हिन्दु पुजारीमाथि बर्बर आक्रमण गर्ने, विश्वकर्माको मूर्ति विसर्जन यात्रापछि घर फर्कदै गरेका हिन्दु युवामाथि नियोजित रूपमा भएको चक्कु प्रहार जस्ता घटनाले विधर्मीहरूको अतिवाद बढिरहेको पुष्टि हुन्छ ।
हिन्दुको भावनामाथि खेलवाड गर्ने र जघन्य आक्रमण गर्ने आततायीहरूमाथि प्रशासन र सरकाले कडाभन्दा कडा कारवाही गर्नुको सट्टा थाहा नपाए झैं गर्नु र कथित सहिष्णुताको नाममा दोषीहरूलाई उन्मुक्ति दिनु कदापि हाम्रा लागि सह्य हुन सक्दैन । धरान घटना लगायतका दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न हामी सरकारसमक्ष जोडदार माग गर्दछौं । अन्यथा विधर्मीहरू विरूद्ध कडा प्रतिकार गर्न बाध्य हुने अवस्था आउन सक्छ ।
असोज ४ गते सर्लाही सदरमुकाम मलंगवामा गणेशको मूर्ति विसर्जन गरेर फर्किरहेका हिन्दु समुदायमाथि ढुङ्गामुडा गर्दै रूपेश यादवमाथि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको घटना अत्यन्तै निन्दबानीय छ । केही समय यता देशका विभिन्न भागमा हिन्दु विरोधी गतिविधिहरू नियोजित रूपमा चर्काइएका छन् । गोहत्या गर्ने, राष्ट्रिय झण्डा जलाउनेहरूको दुष्कर्म समेत सरकारले नदेखेझैं गरिरहेको छ । साथै नेपालगञ्जमा पनि त्यस्तै घटना घटी रहेको छ । एक युवाले सामाजिक संजालमा एक युवाले गाई हरायो भनेर लेखेकै भएरमा ती यदुवालाई बाटो छेक्ने सामाजिक सदभाव भडकिने गतिविधि गर्ने र रि तन से जुधा भन्दै हिन्दू समाजलाई भडकाउने गतिविधि गरिरहेका छन् यस्ता दोषीहरूलाई सरकारले कारवाही गर्नुको सट्टा उल्टै सामाजिक सदभाव कायम गरौँ भनेर नाटक गरिरहेको छ । यस्ता आयातित व्यत्ति विधमीृहरू विरुद्ध कडाभन्दा कडा कारवाही गर्न सरकारसँग म जोडदार माग गर्दछु । बहुसंख्यक हिन्दुलाई चिडाउने काम नहोस् । जसले गर्दा देशको शान्ति व्यवस्थामा खलल नपुगोस् र पु¥याउने कार्यप्रति उत्प्रेरित नगरियोस् । यदि त्यसो भएमा त्यसको सम्पूर्ण जिम्मेवारी विधर्मीहरूले लिनुपर्दछ ।
आजसम्म कुनै पनि इसाई तथा इस्लामका चाड, पर्व, जात्रा, जुलुस एवं शोभायात्रामा ढुङगा्–मुडा प्रहार, छुरा घोप्ने तथा सुनियोजित आक्रमण गर्ने जस्ता घटना कहीँ पनि भएका छैनन् । हिन्दुहरू सदियौंदेखि शान्तिपूर्वक र मिलेर बसेका छन् । फेरि पनि हिन्दुहरूमाथि नियोजित र लगातार आक्रमण किन ? म सरकारलाई सोध्न चाहन्छु ।
हिन्दु समुदायमाथि निरन्तर आक्रमण भइरहँदा कुनै अमुक धर्मसँग जोडिएको आयोगले आक्रमणकारी पक्षको पक्ष पोषण हुने गरी विज्ञप्ति जारी गर्नु दुःखद् कुरा हो । अल्पसंख्यकको तुष्टीकरणको लागि ल्याइएको आयोगको यस्तै धृष्टता कायम रहेमा त्यस्तो आयोग खारेजीका लागि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भइसकेको देखिन्छ । देशको पहिचानसँग जोडिएको हिन्दु सभ्यता, संस्कृति र समुदायमाथि यस्तै आक्रमण भइरहने हो भने अब आम नेपाली जनताले हिन्दु आयोग गठन गर्न सशक्त आन्दोलन गर्न ढिला भइसकेको छ । अब हिन्दु आयोगका लागि आन्दोलनमा होमिनुपर्ने अवस्था अपरिहार्य भइसकेको यथार्थलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प हिन्दु समुदायसँग छैन् ।










प्रतिकृया दिनुहोस्