धर्म संस्कृत/पर्यटन

आज महानवमी, नवदुर्गाको विशेष पूजा गरिँदै

बडा दसैंअन्तर्गत महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा-आराधना गरी मनाइँदै छ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि सहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ […]

पूरा पढ्नुहोस्

नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना

कात्तिक ३, काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ । काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका छन् । मन्दिर नजानेहरू  आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् । धर्मशास्त्रका जानकार […]

पूरा पढ्नुहोस्

दुर्गाको पाँचाैं रूप : स्कन्दमाता

दुर्गाको पाँचाैं रूप हो स्कन्दमाता । स्कन्दकुमार कार्तिकेयकी माता भएकी कारण यिनलाई स्कन्दमाता भनिएको हो । यिनको कृपाले मूढ व्यक्ति पनि ज्ञानी बन्छ । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो भुजामा स्कन्दलाई काखमा समातेकी छिन् । तल्लो भुजामा कमलको फूल छ। बायाँतर्फको माथिल्लो भुजा वरदमुद्रामा छ र तल्लो भुजामा कमलपुष्प छ । यिनी कमलको […]

पूरा पढ्नुहोस्

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल चतुर्थी तिथि अर्थात आजकै दिन शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा तथा आराधना गरिन्छ । सम्पूर्ण व्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो बलले […]

पूरा पढ्नुहोस्

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यीनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले […]

पूरा पढ्नुहोस्

नवरात्रकाे दाेश्राे दिन आज ब्रह्मचारिणीकाे आराधना गरिदैं ( हिन्दूले एकपटक हेर्नै पर्ने )

काठमाडौं : शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने  भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र […]

पूरा पढ्नुहोस्

समाजमा हिँसा कसले फैलाई रहेको छ ? यसको छद्म कारक तत्व को को हुन् ?

असाेज १९, काठमाडौं । स्पात श्रेष्ठ ,  यतिबेला नेपालीहरूकाे  दशैँ हाम्रो आँगनमा आइपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेललाई मान्नु पर्दछ भनेर कुनै कर गरिएको छैन । तर पनि मंगोल नेशनल अर्गनाइजेसन एवं दलित अभियन्ता डा. मित्र परियार लगायतका केही मेशिनरी अभियन्ताले दशैँ विरोधी क्रियाकलापहरू गर्न थालेको देख्न पाइन्छ । दशैँ नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायहरू […]

पूरा पढ्नुहोस्

अस्ट्रेलियामा पशुपति, बौद्धनाथजस्ता सम्पदा बनाउने अभियान

असाेज १८, काठमाडौं ।  अस्ट्रेलियस्थित ब्रिजबेनमा पशुपतिनाथ बौद्ध र स्वयम्भु स्तुपा निर्माण अभियान सुरु भएको छ । अस्ट्रेलियाको कुइन्सल्याण्डमा बसोबास गर्ने नेपालीले उक्त अभियान सुरु  गरेका हुन् । कुइन्सल्याण्ड नेपाली कल्चरल सेन्टर क्यूएनससीसीको पहलमा अभियान सुरु गरी आर्थिक संकलन भइरहेको छ । क्यूएनसीसीले सामुदियक केन्द्र बनाउन ब्रिजबेनको लोगन रिजर्भ क्षेत्रमा ४ हेक्टर जग्गा किन्न लागिएको […]

पूरा पढ्नुहोस्

धर्मगुरु श्रीनिवासाचार्यविरुद्ध आजै मुद्दा दर्ता गरिने

काठमाडौं- आफैंलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका धार्मिक गुरु श्रीनिवासाचार्यविरुद्ध सार्वजनिक शान्ति खलल पारेको कसूरमा मुद्दा दर्ता गरिने भएको छ। बिहीबार श्रीनिवासाचार्यलाई जिल्ला अदालत, धनुषामा पेश गरिएकाे थियाे। प्रहरीले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएकाे छ। जिल्ला प्रहरी कार्यालय, धनुषाले उनीविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी गरेको छ। मुलुकी फौजदारी कार्यविधिमा […]

पूरा पढ्नुहोस्

नेपालगञ्जमा आतंकवादी क्रियाकलापको झल्को, हिन्दूहरू माथि निरन्तर आक्रमण

असाेज १६,  बाँके । कृष्ण सनातन ,   केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका […]

पूरा पढ्नुहोस्