Author: bipin kandel

चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । जेठ ९ गतेदेखि सात वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ । १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य वडास्तरबाट वितरण सुरु गरिएको वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताउनुभयो […]

पूरा पढ्नुहोस्

कालिकाका मेयर रेग्मी समक्ष सुकुमबासी समुदायको योजना

रत्ननगर, जेठ ८ । चितवनको कालिका नगरपालिकाका सुकुमबासी समुदायले योजना बनाएर मेयर विनोद रेग्मी सहित जनप्रतिनिधिहरुको बीचमा प्रस्तुत गरेका छन् । सुकुमबासी समुदायले लालपूर्जा वितरणदेखि गरिवी निबारणका लागि बेरोजगार समस्या सामधान सम्मका योजना प्रस्तुत गरेका हुन् । आम्दानीको स्रोत नभएका कारण जीविकोपार्जनमा समस्या भएको भन्दै उनीहरुले रोजगारी सृजना, बस्तीमा खानेपानी,शौचालय लगायतका पूर्वाधार निर्माण, लागु औषधि […]

पूरा पढ्नुहोस्

भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु, मेयर दाहालद्धारा उद्घाटन

  चितवन । भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ […]

पूरा पढ्नुहोस्

भरतपुर महानगर प्रमुख रेनु दाहालद्धारा जितियाको शुभकामना

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आदीवासी थारु जाती लगायत नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र […]

पूरा पढ्नुहोस्

फोर्स कम्पनीका गाडी किन्दा उपहार नै उपहार

चितवन । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ । फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् । यो […]

पूरा पढ्नुहोस्

मेघौलिमा तिज विशेष तथा रमाइलो मेला सम्पन्न

१५ भाद्र,चितवन पश्चिम् चितवन स्थित भरतपुर २७ मेघौली पर्साढापमा तीज विशेष मेला गरिएको छ । हिन्दु नारीहरुको महान चाड हरितालीका तिजको पावन अवसरमा पर्साढाप व्यापार संघद्वारा तिज विशेष कार्यक्रम गरिएको हो । पर्साढाप आपबगैचा स्थित शिबालय पार्कमा मेला आयोजना गरिएको थियो। रमाइलो मेलामा तिज गित र नृत्य प्रतियोगिता संगै ठेला हान्ने, घैंटो फुटाई,म्युजिकल चियर लगायतका […]

पूरा पढ्नुहोस्

भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिन्छु : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिने बताउनुभएको छ । भतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले राफ्तारमा काम सम्पन्न गरी विश्राम लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । २९ वटा वडाकाे लालपुर्जा वितरण गर्ने कार्य अब […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीद्वारा गणित पर्दशनीको आयोजना

चितवन । स्थापना कालदेखि नै विद्यार्थीहरुलाई डिजिटल माध्ययम अनि प्रयोगात्मक शैलीबाट अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको अङ्कुरम् एकेडेमीले विद्यार्थीहरूलाई किताबी किरो मात्र नबनाई व्यवहारिक रूपमा शिक्षण सिकाई गर्ने अभिप्रायले आज २०७९ भाद्र १० गते शुक्रबारका दिन बिहान ११ देखि दिउसो ४ बजेसम्म गणित प्रर्दशनीको आयोजना गर्यो । कार्यक्रममा विद्यालयका कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरू […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरद्वारा कक्षा ११ का २७४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । २ सय ७४ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिमा छनौट गरेको हो । भरतपुर महानगरका मेयर रेनु दाहालले मनखुशी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न सफल भएको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न

काठमाडौँ- राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश आयोजक कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । शुक्रबार काठमाडौँमा बसेको उक्त बैठकले भदौँ २५ गते भक्तपुरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, […]

पूरा पढ्नुहोस्