- १२ जेष्ठ २०८१, शनिबार १५:४०
कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । जेठ ९ गतेदेखि सात वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
१६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेकाले राष्ट्रिय परिचयपत्र लिन पाउने उक्त कार्य वडास्तरबाट वितरण सुरु गरिएको वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताउनुभयो । वडामा एक हजार ७९० जनाको राष्ट्रिय परिचय पत्र बनेर आएको उहाँले जानकारी दिनुभयो ।
सरकारले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र वितरणको कार्य सुरु गरिएको हो ।










प्रतिकृया दिनुहोस्