- १८ भाद्र २०७९, शनिबार ०७:३७
चितवन । फोर्स मोटर्सको कुनै पनि गाडीको खरीद गर्दा पक्का उपहार पाइने भएको छ ।
फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा यस्तो अफर ल्याएको हो ।
यस अन्तर्गत ग्राहकले कुनै पनि फोर्स मोटर्सको गाडी किन्दा आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरु पाउनेछन् ।
यो अफर भदौ १६ गते शुक्रबारदेखि देखि कात्तिक १३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरिधारा ,पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको बिर्तामोड, ललितपुरको बागडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्स का गाडीहरु बिक्री वितरण गरिरहेको चितवनका लागि आधीकारिक बितरक रेयन मोटर्सका संचालक बिमल पौडेलले जानकारी दिनु भयो ।










प्रतिकृया दिनुहोस्