Tag: शिक्षक आन्दोलन

शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ शनिबार पूरा गर्दै

काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ बिदाको दिन पढाउन थालिएको छ। काठमाडौँको पद्माेदय मावि र पद्मकन्या माविले आज शनिबारकाे दिन पढाएका हुन् । असाेज २ गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन थालेका थिए। सोही क्रममा केही दिन पठनपाठन बन्द गरिएको थियो। त्यो बेला बन्द गरिएको पढाए शनिबारकाे दिन मिलाइएको पद्माेदय माविका प्रधानाध्यापक नारायण प्रसाद […]

पूरा पढ्नुहोस्

राहत शिक्षक आन्दोलन : शिक्षा मन्त्रालयसँग आज वार्ता हुने

काठमाडौँ , ११ असोज।  आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच आज बार्ता हुने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा असोज १२ गते ११ बजे मन्त्रालयमा वार्ता हुने मन्त्रालय स्रोतले जनाएको छ । राहत शिक्षकहरूका असहमतिहरूलाई वार्ताबाटै निकास निकाल्नु पर्ने भन्दै नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय पटकपटक छलफलमा बसे पछि वार्ता गर्ने तयारी थालिएको […]

पूरा पढ्नुहोस्

सरकार र शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा बसेको वार्तामाफर्त् ६ बुँदे सहमति भएको हो। सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही बुँदामा असहमति जनाउँदै शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका थिए । सहमति भएसँगै शिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

पूरा पढ्नुहोस्

सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

असोज ५, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं […]

पूरा पढ्नुहोस्

शिक्षकको आन्दोलनले आजकाे संसदीय समितिको बैठक स्थगित

प्रतिनिधिसभाअन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन्। नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुईवटै समितिको बैठक प्रभावित भएका हुन्। बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन्। अर्थ समितिका सभापति सन्तोष चालिसेले […]

पूरा पढ्नुहोस्

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकलाई रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै रास्वपाले आफ्नो मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गरी शिक्षकलाई आन्दोलन नगर्न आग्रह गरेको हो। महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीको पढ्न पाउने अधिकारलाई […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । […]

पूरा पढ्नुहोस्

बजेटमा आफूहरूलाई सम्बोधन नगरिएको भन्दै असार २ देखि विद्यालय बन्दको चेतावनी

काठमाडौँ – नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ। आइतबार काठमाडौँको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको विरोध गरेका हुन्। उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै बिरोध जनाएको हो। बिरोध कार्यक्रमका […]

पूरा पढ्नुहोस्

विद्यालय कर्मचारीको आन्दोलनमा युएण्टोको ऐक्यबद्धता

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले विद्यालय कर्मचारीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । विद्यालय कर्मचारी परिषद् विभिन्न माग राखेर आन्दोलित हुँदै आएको छ ।                                                              […]

पूरा पढ्नुहोस्

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गेटमा लगाए ताला

भदौं, २ काठमाडौ । सामुदायिक बिद्यालय कर्मचारीहरुले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मुख्य गेटमा ताला बन्दी गरेका छन। कर्मचारीहरुले पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै केन्द्रको मुल गेटमा तालाबन्दी गरेका हुन् । नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोकिने नेपाल विद्यालय […]

पूरा पढ्नुहोस्