Tag: शिक्षक आन्दोलन

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा शिक्षकहरूकाे प्रदर्शन

काठमाडाैँ – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौँमा र्‍याली प्रदर्शन गरेका छन्। शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ। नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौँ आएका हुन्। उनीहरूले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक […]

पूरा पढ्नुहोस्

अनसनमा शिक्षक-कर्मचारी : शिक्षा ऐन आएको दिनमा मात्रै आन्दोलन सकिने

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको नेपाल शिक्षक महासङ्घले आजदेखि रिले अनसन सुरु गरेको छ । महासङ्घको दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत केन्द्रमा आजदेखि चैत १५ गतेसम्म बिहान ८ बजेदेखि ६ बजेसम्म अनसन रहने महासङ्घले जनाएको छ । आज पहिलो दिन आन्दोलन परिचालन […]

पूरा पढ्नुहोस्

शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर […]

पूरा पढ्नुहोस्

विगतका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा शिक्षकहरु

झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका छन् । विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा  देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले शनिबार माइतिघर मण्डला क्षेत्रमा ¥याली निकालेका छन्। शिक्षकसँगको सम्झौताविपरीत शिक्षा ऐन नआओस् […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलनका यस्ता छन् आचारसंहिता

काठमाडौँ- नेपाल शिक्षक महासंघले राजधानी केन्द्रित आन्दोलनमा पेसागत र सामाजिक मर्यादा अपनाउन निर्देशन जारी गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार ६ बुँदे आचारसंहिता जारी गरेका छन्। देशभरका शिक्षक कर्मचारीले शनिबार राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार फागुन २४ को दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा जुलुस तथा विरोधसभा आयोजना गरिनेछ। […]

पूरा पढ्नुहोस्

सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनायो : सांसद माधव सापकोटा

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले आज भएको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनाएको आरोप लगाएका छन् । शिक्षकहरूले पेसागत माग राखेर फागुन २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको उल्लेख गर्दै एसईईको समयमा शिक्षकहरूलाई आफ्नो पेसामा जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासङ्घले २०८० साल […]

पूरा पढ्नुहोस्

शिक्षक महासंघद्वारा घोषित आन्दोलनबारे छलफल

काठमाडौँ- नेपाल शिक्षक महासंघले घोषित आन्दोलन र महासंघ पूर्णता घोषणा सभाको विषयमा छलफल गरेको छ। माघ २९ गते मंगलबार महासंघको कार्यालय भक्तपुरमा शिक्षा ऐनका लागि माघ २० गतेदेखि घोषणा गरिएको एक महिने कार्यक्रमको छलफल भएको उपाध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। झन्डै १० महिना महासंघबाहिर रहेको महासंघको घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघमा आबद्ध भएको घोषणासभाको […]

पूरा पढ्नुहोस्

काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू

काठमाडौं । चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार दोस्रो चरण आन्दोलनमा काठमाडौंमा शक्ति प्रदर्शन, अवज्ञा तथा अवरोधका कार्यक्रम हुनेछ । आन्दोलन १९ फागुनपछि हुनेछ । अहिले सामाजिक सञ्जालमा लेखेर शिक्षकहरूले विद्यालय शिक्षक ऐन जारी गर्न दबाब दिइरहेका छन् । त्यसैगरी […]

पूरा पढ्नुहोस्

शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा

नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ २० गते सबै शिक्षककर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनवाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ । पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र […]

पूरा पढ्नुहोस्

फेरि काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा शिक्षक महासंघ

काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यका साथ शिक्षकहरूले फेरि काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेका छन् । शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । तर, शिक्षकहरुले लामो समय बितिसक्दा पनि विधेयकको टुङ्गो लाग्न नसकेको भन्दै आन्दोलनको तयारी थालेका हुन् । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक चाँडो टुङ्गो लगाउन […]

पूरा पढ्नुहोस्