- २४ फाल्गुन २०८१, शनिबार १६:५०
झन्डै १७ महिनाअघि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरू फेरि आन्दोलनमा उत्रिएका छन् । विगतका सहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग राख्दै शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुले शनिबार माइतिघर मण्डला क्षेत्रमा ¥याली निकालेका छन्। शिक्षकसँगको सम्झौताविपरीत शिक्षा ऐन नआओस् भनेर सरकारलाई दबाब दिन आन्दोलन गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
‘यसअघिको आन्दोलनपछि सरकारसँग भएका सम्झौताविपरीत शिक्षा ऐन नआओस् भन्ने हाम्रो मुख्य माग हो । सहमतिअनुरूप ऐन जारी हुनुपर्छ। ऐन विद्यार्थी, अभिभावक, शिक्षक र समाजमैत्री हुनुपर्छ। यदि ऐनमा ती विषय समेटिएनन् भने सकारात्मक परिणाम आउँदैन। त्यसैले दबाबका लागि आन्दोलन सुरु गरेका हौं,’ सुवेदीले भने।
शिक्षक आन्दोलनका तस्वीरहरू :












प्रतिकृया दिनुहोस्